मुख्य समाचार
मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण
मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण

: मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ७ दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।

मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका हुन्।

समारोहमा नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि,पूर्वमुख्यमन्त्री लालबाबु राउत, सरोज कुमार यादव, जितेन्द्र सोनलसहित सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जनमत संग्रहको माग गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उनले जनमत संग्रहको माग गरेका हुन्। त्यस सम्बन्धमा प्रधानमन्त्री कार्कीले पुस २ गते निर्णय सुनाउने प्रसाईंले जानकारी दिए। 'राजसंस्था पुनःस्थापनाका लागि हामीले जनमत संग्रह गर्न माग गरेका छौं। प्रधानमन्त्रीज्युले त्यस विषयमा पुस २ गते निर्णय सुनाउने भन्नुभएको छ,' प्रसाईंले भने। उनले प्रधानमन्त्री कार्कीले ...
: निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले आज विज्ञप्तिमार्फत यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटि सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरेको हो। आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले २०८२ भदौ ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरणलाई अद्यावधिक अघि बढाइने बताए। आगामी फागुन २१ गते ...
: नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस ...

: बस्ती जोखिममा पर्दासमेत बेवास्ता गरिएको भन्दै नेपाल–चीन जोड्ने अरनिको राजमार्गको कोदारी खण्ड स्थानीयले बन्द गरेका छन्। भोटेकोशी गाउँपालिका– २ का स्थानीय सडकमै धर्ना बसेर आवतजावतमा अवरोध गरेका छन्। इको पहिरोले बस्ती जोखिममा परेको भन्दै उनीहरूले नाका जोड्ने सडकको स्तरोन्नति गर्दा बस्तीको संरक्षण पनि गर्नुपर्ने माग राखेका छन्। स्थानीयले खासाबाट तातोपानी आउने मालबाहक गाडी आवतजावत ...