मुख्य समाचार
स्वास्थ्य उपकरण आएको १२ वर्षपछि प्रादेशिक अस्पताल भद्रपुरमा बल्ल (नवजात सघन हेरचाह इकाई) एनआइसीयु सेवा सञ्चालनमा
स्वास्थ्य उपकरण आएको १२ वर्षपछि प्रादेशिक अस्पताल भद्रपुरमा बल्ल (नवजात सघन हेरचाह इकाई) एनआइसीयु सेवा सञ्चालनमा

: स्वास्थ्य उपकरण आएको १२ वर्षपछि प्रादेशिक अस्पताल भद्रपुरमा बल्ल (नवजात सघन हेरचाह इकाई) एनआइसीयु सेवा सञ्चालनमा आएको छ। एनआइसीयु सेवा सुरु भए लगतै प्रसूति गराउन अस्पताल आउने गरिब तथा विपन्न परिवार निजी अस्पताल धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ।




चार बेडको एनआइसीयु सेवा सञ्चालन अघि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले सोमबार बिहान विशेष पूजापाठ गरेका थिए। त्यसपछि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ बराल र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले संयुक्त रुपमा एनआइसीयु सेवा कक्षको उद्घाटन गरेका थिए।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७० सालमा नवजात शिशुको उपचारलाई सहज पुर्‍याउने उद्देश्यले एनआइसीयु सेवा सञ्चालनका लागि अस्पताललाई दुई चरणमा गरी स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो। तर, जनशक्ति अभावले एनआइसीयु सेवा सञ्चालनमा आउन सकिरहेको थिएन। कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनशक्ति उपलब्ध गराएपछि एनआइसीयु सेवा सञ्चालनमा ल्याउन सकेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गुप्ताले बताए।




एनआइसीयुका लागि चार जना बालरोग विशेषज्ञ, ९ जना नर्सिङ स्टाफ, चार जना कार्यालय सहयोगी र चार जना सुरक्षा गार्ड चाहिन्छ। त्यो जनशक्ति थप गरी अहिले पुरानो भवनको बच्चा वार्ड नजिकै एनआइसीयु कक्ष सञ्चालनमा ल्याएको बताउँदै डा. गुप्ताले भने, ‘अब जटिल खालका प्रसूति सेवा यहाँ पनि सम्भव हुने भयो, पहिला एनआइसीयु नहुँदा त्यस्ता बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता थियो।’

मेसुको जिम्मेवारी पाएपछि मेरो पहिला लक्ष्य नै नयाँ भवनबाट सेवा सुचारु गर्ने थियो, त्यो पूरा भयो। त्यसपछि अस्पतालको गोदाममा थन्किएको एनआइसीयु उपकरणलाई तत्काल प्रयोगमा ल्याएर सेवा सुचारु गर्ने दोस्रो लक्ष्य पनि आज पूरा भयो, उनले भने।

यो सरकारी अस्पतालमा भनेको विशेष गरी गरिब तथा विपन्नका लागि हो। उनीहरू सेवाबाट वञ्चित नहोस् र अन्यत्र धाउनु नपरोस् भनेर पछिल्लो समयमा अन्य सेवाहरू पनि क्रमशः अस्पतालमा थपिरहेको उनको भनाई छ। यो सेवा सञ्चालनका लागि मासिक ९ देखि १० लाख खर्च हुन्छ। तीन हप्ता परीक्षणमै राखिएकाले सामाजिक सुरक्षा भएका बिरामीको सेवा निःशुल्क हुन्छ। व्यवस्थापन समितिको निर्णय बमोजिम सेवा शुल्क तोकिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग गरेको छ। होटल व्यवसायी द्वारिका श्रेष्ठको स्मृतिमा स्थापना गरिएको द्वारिका फाउण्डेसनकोतर्फबाट उनकी छोरी संगिता श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेकी हुन् । श्रेष्ठले शुक्रबार तिलगंगा आँखा अस्पतालका निर्देशक एव हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धि श्रेष्ठ र हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रम्खु नेत्र ...
— दाङ सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भएको छ। सडकमा अलपत्र मानिसहरुलाई आश्रम तथा परिवारमा पुनर्मिलन गराएर बुधबार दाङलाई सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको हो । घोराहीमा कार्यक्रम आयोजना गरी जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले दाङलाई सडकमा आश्रित मानवमुक्त जिल्ला घोषणा गरेका छन्। सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको कार्यान्वयन गर्न स्थानीय सरकार रसामाजिक संघसंस्थाहरुको सहकार्यमा दाङलाई ...
— आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै निर्वाचन आयोगमाथि दबाब बढेको छ । माघ ६ मा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेससमेत विवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयाेगका एक पदाधिकारीले बताए । आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर म‌ंगलबार नै सुनुवाइको पहिलाे ...
— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ । यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना ...
— कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् । सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । 'पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा ...