मुख्य समाचार
१५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा
१५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा

: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज

सर्लाही सदरमुकाम मलंगवामा पत्रकार सम्मेलनमा महामन्त्री थापाले महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

नयाँ नीति, नयाँ सन्देशका साथ उम्मेदवारी दिने थापाले बताए । ‘पार्टीका साथीहरुसंग छलफल गर्दै छु । नयाँ नेतृत्व चयनका लागि चाडै नै देश दौडाहा गर्छु।’ उनले भने,‘फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशनमा जानुपर्ने अवस्था छ । बिचको केही समय छलफल र बहसमा खेर गएको छ । समय छोटो छ । चाडैं नै पार्टीको महाधिवेशन सम्पन्न गरेर फागुन २१ को निर्वाचनमा जानु पर्ने अवस्था छ ।’
अर्को प्रसंगमा उनले फागुन २१ गते हुने निर्वाचनमा सबै दल सहभागी हुने विश्वास व्यक्त गरे। संविधानमाथिको क्षति थप बढ्न नदिन फागुन २१ गते निर्वाचन गर्नुपर्ने थापाले बताए । ‘नेपाली कांग्रेसको तर्फबाट फागुन २१ को निर्वाचनप्रति हामी पूर्ण प्रतिबद्ध छौँ,’ महामन्त्री थापाले भने,‘दलहरु तयार भइसकेकाले सरकार पनि सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ ।’

जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती रहेको थापाले बताए । थापाले भने,‘केही संशय छ । सरकारले समयमै त्यस्तालाई नियन्त्रण गर्नुपर्छ । भागेका कैदी र लुटिएका हतियारले चुनावमा केही अपराधिक गतिविधि हुन सक्नेमा शंका छ । सरकारलाई हामीले अवगत गराएका छौं । प्रधानमन्त्रीले राखेका सर्वदलिय बैठकमा सरकारलाई हामीले ध्यानाकर्षण गराएका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नुवाकोटको उत्तरी भेगमा रहेको बरादीमा भालुको आक्रमणबाट स्थानीय युवक घाइते
: सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित शिबधारामा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन कुँवरले बताए। कोशी लोकमार्गमा पर्ने शिबधाराको घुम्तीमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ च ३८२६ नम्बरको टाटा सुमो गाडी अचानक अनियन्त्रित भई सडक ...
: सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिणामको प्रतिबन्धित लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्लामा सञ्चालन गरिएको विशेष चेकजाँच तथा प्रहरी अपरेसनका क्रममा ठूलो परिमाणका गाँजा र प्रतिबन्धित औषधसहित उनीहरू पक्राउ परेका हुन्। शनिबार राति धरान उपमहानगरपालिका–१ कृषि बजार नजिकको साफिर ग्यारेजमा प्रहरीले छापा मार्दा मे १ ज २०१८ नम्बरको बोलेरो गाडीमा लुकाइ–छिपाइ राखिएको १४९ ...
: बाढीले क्षति गरेपछि उत्पादन बन्द भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ। आयोजनाले आजदेखि पुनः उत्पादन सुरु गरेको हो। आयोजना प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत सत्य राम ज्याख्वका अनुसार एउटा युनिटबाट ३७ मेगावाट उत्पादन भएको हो। उनले भने, ‘वर्षा अगाडि सबै तयार हुन्छ। खोलाको बहाब बढेसँगै अन्य युनिट पनि तयार हुनेछ।’ गत ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच महिनाको अवधिमा ४६ वटा आरोप-पत्र दायर गरेको जनाएको छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०८२ को मंसिर १७ सम्म ४६ वटा आरोप पत्र विशेष अदालत काठमाडौंमा दायर भएका हुन्। आयोगका अनुसार दायर गरेका आरोप पत्रमध्ये १३ वटा भदौ २० गतेसम्म दाखिला भएकोमा बाँकी ३३ वटा आरोप- पत्र नयाँ सरकार ...