मुख्य समाचार
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच महिनाको अवधिमा ४६ वटा आरोप-पत्र दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच महिनाको अवधिमा ४६ वटा आरोप-पत्र दायर

: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच महिनाको अवधिमा ४६ वटा आरोप-पत्र दायर गरेको जनाएको छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०८२ को मंसिर १७ सम्म ४६ वटा आरोप पत्र विशेष अदालत काठमाडौंमा दायर भएका हुन्।

आयोगका अनुसार दायर गरेका आरोप पत्रमध्ये १३ वटा भदौ २० गतेसम्म दाखिला भएकोमा बाँकी ३३ वटा आरोप- पत्र नयाँ सरकार गठन भएपछि दायर भएका हुन्। घुस/रिसवत,गैरकानुनी लाभ हानी,सार्वजनिक सम्पत्ति हानी नोक्सानी,शैक्षिक नक्कली,सरकारी कागजात सच्याइएको विषयमा आरोपपत्र दायर भएको अख्तियारले जनाएको छ।


आयोगले घुस रिसवत आरोपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री तथा संघीय संसद,प्रतिनिधिसभा हाल (विघटित) सदस्य राजकुमार गुप्ता,भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री तथा संघीय संसद प्रतिनिधिसभाका सदस्य रन्जिता श्रेष्ठसमेत ७ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।

गैरकानुनी लाभ हानीको आरोपमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी,तत्कालीन कार्यलय प्रमुख रजिष्ट्रार झन्कार लामिछानेसमेत १३ जनाविरुद्ध आरोप गरेको आयोगले जनाएको छ।

मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी,महोत्तरी क्षेत्र नम्बर ४ ख बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेत १६ जना,दैलेख डुंगेश्वर गाउँपालिकाको कार्यालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की,बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा रामप्रसाद धमला,जय किसान माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक संजय प्रसादसमेत २ जनाविरुद्ध घुस रिसवतको आरोपमा आरोप पत्र दायर भएको छ।

यसैगरी आयोगले शैक्षिक नक्कली आयोगले झापाको दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको हो।
आयोगले घुस/रिसवत,गैरकानुनी लाभ हानी,सार्वजनिक सम्पत्ति हानी नोक्सानी,शैक्षिक नक्कली,सरकारी कागजात सच्याइएको विषयमा विभिन्न सरकारी कार्यालयका कर्मचारीविरुद्ध पनि आरोप पत्र दायर गरेको छ।

आयोगले सोही अवधिमा ११ हजार ८५६ वटा उजुरी दर्ता भएको जनाएको छ। श्रावणमा ३ हजार ९२२,भाद्रमा २ हजार २७६,आश्विनमा २ हजार २,कार्त्तिकमा १ हजार ९४५ र मंसिरमा १ हजार ७११ उजुरी दर्ता भएका छन्। भ्रष्टाचार रोक्न दर्ता भएका उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरी अदालतमा आरोप पत्र दायर गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज सर्लाही सदरमुकाम मलंगवामा पत्रकार सम्मेलनमा महामन्त्री थापाले महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । नयाँ नीति, नयाँ सन्देशका साथ उम्मेदवारी दिने थापाले बताए । ‘पार्टीका साथीहरुसंग छलफल गर्दै छु । नयाँ नेतृत्व चयनका लागि चाडै नै ...
नुवाकोटको उत्तरी भेगमा रहेको बरादीमा भालुको आक्रमणबाट स्थानीय युवक घाइते
: सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित शिबधारामा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन कुँवरले बताए। कोशी लोकमार्गमा पर्ने शिबधाराको घुम्तीमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ च ३८२६ नम्बरको टाटा सुमो गाडी अचानक अनियन्त्रित भई सडक ...
: सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिणामको प्रतिबन्धित लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्लामा सञ्चालन गरिएको विशेष चेकजाँच तथा प्रहरी अपरेसनका क्रममा ठूलो परिमाणका गाँजा र प्रतिबन्धित औषधसहित उनीहरू पक्राउ परेका हुन्। शनिबार राति धरान उपमहानगरपालिका–१ कृषि बजार नजिकको साफिर ग्यारेजमा प्रहरीले छापा मार्दा मे १ ज २०१८ नम्बरको बोलेरो गाडीमा लुकाइ–छिपाइ राखिएको १४९ ...
: बाढीले क्षति गरेपछि उत्पादन बन्द भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ। आयोजनाले आजदेखि पुनः उत्पादन सुरु गरेको हो। आयोजना प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत सत्य राम ज्याख्वका अनुसार एउटा युनिटबाट ३७ मेगावाट उत्पादन भएको हो। उनले भने, ‘वर्षा अगाडि सबै तयार हुन्छ। खोलाको बहाब बढेसँगै अन्य युनिट पनि तयार हुनेछ।’ गत ...