मुख्य समाचार
आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान
आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान

: राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन्। शनिबार ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले देशको वर्तमान परिस्थितिलाई निकास दिन प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन आह्वान गरेका हुन्।




राष्ट्रपति पौडेलले नयाँ पुस्ताको चाहना सेवा प्रवाहमा चुस्ततासहित सुशासनको माध्यमबाट मुलुकको विकास गर्दै यही व्यवस्थामा मात्र भविष्य सुरक्षित छ भन्नेमा भरोसा जागृत गराउनुपर्ने बताए। उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगिन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पुरा गर्नुपर्नेमा जोड दिए।


राष्ट्रपति पौडेलले नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए। नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ।




राष्ट्रपति पौडेलले पूर्वाधार निर्माण मात्रै नभई नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको धारणा राखे।

राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। सम्पदा सहरको नाममा देश विदेशमा प्रख्यात ललितपुर महानगरले सम्पदा पुनर्निर्माण तथा संरक्षणमा गरेको अथक प्रयाससँगै हासिल गरेको उपलब्धिले यस क्षेत्रमा नयाँ आशा जगाएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज सर्लाही सदरमुकाम मलंगवामा पत्रकार सम्मेलनमा महामन्त्री थापाले महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । नयाँ नीति, नयाँ सन्देशका साथ उम्मेदवारी दिने थापाले बताए । ‘पार्टीका साथीहरुसंग छलफल गर्दै छु । नयाँ नेतृत्व चयनका लागि चाडै नै ...
नुवाकोटको उत्तरी भेगमा रहेको बरादीमा भालुको आक्रमणबाट स्थानीय युवक घाइते
: सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित शिबधारामा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन कुँवरले बताए। कोशी लोकमार्गमा पर्ने शिबधाराको घुम्तीमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ च ३८२६ नम्बरको टाटा सुमो गाडी अचानक अनियन्त्रित भई सडक ...
: सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिणामको प्रतिबन्धित लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्लामा सञ्चालन गरिएको विशेष चेकजाँच तथा प्रहरी अपरेसनका क्रममा ठूलो परिमाणका गाँजा र प्रतिबन्धित औषधसहित उनीहरू पक्राउ परेका हुन्। शनिबार राति धरान उपमहानगरपालिका–१ कृषि बजार नजिकको साफिर ग्यारेजमा प्रहरीले छापा मार्दा मे १ ज २०१८ नम्बरको बोलेरो गाडीमा लुकाइ–छिपाइ राखिएको १४९ ...
: बाढीले क्षति गरेपछि उत्पादन बन्द भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ। आयोजनाले आजदेखि पुनः उत्पादन सुरु गरेको हो। आयोजना प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत सत्य राम ज्याख्वका अनुसार एउटा युनिटबाट ३७ मेगावाट उत्पादन भएको हो। उनले भने, ‘वर्षा अगाडि सबै तयार हुन्छ। खोलाको बहाब बढेसँगै अन्य युनिट पनि तयार हुनेछ।’ गत ...