मुख्य समाचार
नवलपरासीको बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरुले कालोमोसो दले
नवलपरासीको बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरुले कालोमोसो दले

: नवलपरासीको बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरुले कालोमोसो दलेका छन्।

आइतबार बिहान करिब साढे ११ बजेको समयमा पुगेका ९/१० जनाको समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ दलेको कर्मचारीहरुले बताएका छन्। आफूहरु नेकपा बहुमतबाट जनकारबाही गर्न आएको भन्दै दुर्व्यवहार गरेको कार्यालय प्रमुख थापाले बताए। ‘कालो पदार्थ दलेपश्चात उनीहरु नेकपा बहुमत जिन्दावाद भन्दै बाहिर गए’, घटनाबारे जिल्ला प्रशासनमा जानकारी दिन पुगेका थापाले भने।


घटनापछि नेकपा बहुमत निकट कम्युनिष्ट युवा संगठनले निकालेको विज्ञप्ति विभिन्न ६ वटा आरोप लगाउँदै कारबाही गरेको जनाइएको छ। देशमा देखिएको भ्रष्टचारकाविरुद्ध संगठनले देशव्यापी सञ्चालन गरेको जनकारबाही स्वरूप थापामाथि कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ।


थापामाथि बर्दघाट नगरपालिकास्थित चिसापानीमा स्थानीयले संरक्षण गरेको जग्गा व्यक्तिगत कम्पनीलाई बिक्री गरेको, परिवारका सदस्यहरूलाई राष्ट्रिय आवास कम्पनीको केन्द्रीय कार्यालयमा जागिर खुवाएको आरोप लगाइएको छ।

संगठनका ५ नम्बर ब्यूरो इन्चार्ज मिलन थापाको नाउँबाट जारी गरिएको विज्ञप्तिमा कम्पनीबाट बिक्री भएका जग्गाको अभिलेख नराखी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको, जग्गा बिक्री गर्दा स्थानीयसँग घुस माग्ने गरेको जस्ता आरोप लगाइएको छ। नेकपा बहुमत धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको संगठन हो। वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी (बहुमत)बाट छुटिएपछि बास्तोलाले नेकपा बहुमत गठन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित शिबधारामा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन कुँवरले बताए। कोशी लोकमार्गमा पर्ने शिबधाराको घुम्तीमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ च ३८२६ नम्बरको टाटा सुमो गाडी अचानक अनियन्त्रित भई सडक ...
: सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिणामको प्रतिबन्धित लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्लामा सञ्चालन गरिएको विशेष चेकजाँच तथा प्रहरी अपरेसनका क्रममा ठूलो परिमाणका गाँजा र प्रतिबन्धित औषधसहित उनीहरू पक्राउ परेका हुन्। शनिबार राति धरान उपमहानगरपालिका–१ कृषि बजार नजिकको साफिर ग्यारेजमा प्रहरीले छापा मार्दा मे १ ज २०१८ नम्बरको बोलेरो गाडीमा लुकाइ–छिपाइ राखिएको १४९ ...
: बाढीले क्षति गरेपछि उत्पादन बन्द भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ। आयोजनाले आजदेखि पुनः उत्पादन सुरु गरेको हो। आयोजना प्रमुख तथा प्रमुख कार्यकारी अधिकृत सत्य राम ज्याख्वका अनुसार एउटा युनिटबाट ३७ मेगावाट उत्पादन भएको हो। उनले भने, ‘वर्षा अगाडि सबै तयार हुन्छ। खोलाको बहाब बढेसँगै अन्य युनिट पनि तयार हुनेछ।’ गत ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच महिनाको अवधिमा ४६ वटा आरोप-पत्र दायर गरेको जनाएको छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०८२ को मंसिर १७ सम्म ४६ वटा आरोप पत्र विशेष अदालत काठमाडौंमा दायर भएका हुन्। आयोगका अनुसार दायर गरेका आरोप पत्रमध्ये १३ वटा भदौ २० गतेसम्म दाखिला भएकोमा बाँकी ३३ वटा आरोप- पत्र नयाँ सरकार ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार प्रकरणमा पाँचजना पूर्वमन्त्रीसहित ५५ जना जनाविरुद्ध आरोप पत्र दायर गरेको छ। आयोगले पाँचजना पूर्वमन्त्री,१० पूर्वसचिवसहित ५५ जनालाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्दा दायर भएको अख्तियार स्रोतले जनाएको छ। उनीहरूविरुद्ध जनही ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ विगो ...