: नेपाली कांग्रेस गोरखाका क्षेत्रीय समितिहरुले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभाका आकांक्षी उम्मेद्वारको नामावली संकलन गरेको छ। आइतबार सम्पन्न क्षेत्रीय कार्यसमितिको बैठकले सबै आकांक्षी उम्मेद्वारहरुको नामावली संकलन गरेको जिल्ला कार्यसमितिका सचिव किशोरजंग थापाले जानकारी दिए।
आउँदो फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट प्रत्यक्षतर्फ सातजना आकांक्षीहरुले समितिमा नामावली दर्ता गराएका छन्। प्रकासचन्द्र दवाडी, दीपकबाबु कँडेल, नवीन श्रेष्ठ, वेदप्रसाद काप्री, ओमबहादुर गुरुङ, फणिन्द्र धिताल र मोहनप्रकाश पोखरेलले नाम दर्ता गराएका क्षेत्रीय सभापति गोविन्द गुरुङले जानकारी दिए।
त्यस्तै क्षेत्र नं. २ बाट सात जनाले नै समानुपातिकतर्फ आकांक्षीको नाम दर्ता गराएका छन् । सभापति गुरुङका अनुसार अम्बिका न्यौपाने, शोभा अधिकारी, मनोजप्रसाद धिताल, मनकुमारी गुरुङ, इश्वरबहादुर परियार, प्रा. सलाउद्दीन मियाँ र रविकला खनालले आकांक्षी उम्मेद्वारको सूचीमा नाम दर्ता गराएका हुन्।
त्यस्तै राष्ट्रिय सभातर्फ क्षेत्र नं २ बाट पिताम्बर बडु, अब्दुल सतार, हरिबहादुर घले, राजनदेव भट्टले आकांक्षीको नाम दर्ता गराएका गुरुङले बताए।
त्यस्तै क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा पनि नौजना आकांक्षी उम्मेद्वारले नामावली दर्ता गराएका छन्। क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेद्वार हुन चाहनेहरूमा भूगोल थापा, राजेन्द्र बजगाईँ, युवराज बस्ताकोटी, डिल्लिराज तिमिल्सिना, जनार्दन अर्याल, पूर्णबहादुर दाहाल, जानुका पन्त, चिनकाजी श्रेष्ठ र प्रेम खत्रीले नाम दर्ता गराएका छन्।
त्यस्तै समानुपातिकतर्फ ६ जनाले आकांक्षा व्यक्त गर्दै नाम दर्ता गराएका छन्। ईश्वर पाण्डे, कमला लामिछाने, हरिबहादुर गान्धारी, परशुराम भट्ट, जगत बराम र सन्तबहादुर गुरुङले नाम दर्ता गराएका क्षेत्रीय समितिले जनाएको छ। राष्ट्रियसभाका लागि जीवनप्रेम श्रेष्ठले नाम दर्ता गराएका क्षेत्रीय कार्यसमितिले जानकारी दिएको छ।
प्राप्त सबै नामावलीलाई क्षेत्रीय कार्यसमितिको बैठक बसी रायसहित सोमबार जिल्ला कार्यसमितिमा पेश गर्ने क्षेत्रीय सभापति गोविन्द गुरुङले जानकारी दिए।