: भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारी काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको जहाजबाट भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर आइतबार अपरान्ह नेपाल आएका हुन्।
उनको साथमा उपसचिव सकेता राजा मुसिनीपाल्लीसमेत आएका छन्। जेनजी आन्दोलनपछि सरकार फेरिएसँगै भारतीय विदेश मन्त्रालयबाट भएको यो उच्चस्तरीय भ्रमण हो। अतिरिक्त सचिव महावर भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने प्रमुख हुन्।
नेपाल बसाईका क्रममा अतिरिक्त सचिव महावरले उच्च राजनीतिक भेटघाटसमेत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। सरकारका प्रतिनिधिहरूसँग हुने भेटवार्तामा महावरले आसन्न प्रतिनिधिसभा निर्वाचनमा भारत सरकारबाट हुने सहयोगको प्रतिबद्धता जनाउने उच्च स्रोतले जानकारी दिएको छ। अतिरिक्त सचिव महावर मंसिर २४ गते स्वदेश फर्किनेछन्।