मुख्य समाचार
सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको निरीक्षण
सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको निरीक्षण

। गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको निरीक्षण गरेका छन् । सो क्रममा उनले संसद् भवनको परिसरभित्र निर्माण गरिने ‘जेनजी शहीद योद्धाहरूका सालिक’ का लागि आवश्यक पर्ने उपयुक्त ठाउँको अवलोकन पनि गरेको उनको सचिवालयले जनाएको छ ।

जेनजी शहीद योद्धाका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धता बुझ्न र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षणमा आइतबार त्यहाँ पुगेको जनाइएको छ ।

सरकारले भदौ ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने निर्णय गरेको थियो ।

कार्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४२ जना जेनजी युवा र तीन प्रहरीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको थियो


मन्त्री अर्यालले निर्माण हुँदै गरेका भवनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाको मुख्य बैठक बस्ने ग्यालरी कक्षहरूको प्रगति तथा प्राविधिक पक्षसमेत बुझेको उनको सचिवालयले बताएको छ ।

सोही क्रममा मन्त्री अर्यालले संसद् भवनको भौतिक प्रगतिबारे स्थलमा उपलब्ध भएका इन्जिनियरहरूसँग जानकारीसमेत लिए ।

साथै, उनले संसद् भवनभित्र बन्दै गरेका अन्य प्राविधिक र प्रशासनिक भवनहरूको पनि निरीक्षण गर्दै आवश्यक जानकारी पनि लिएका छन् ।

इन्जिनियरहरूसँग कुरा गर्दै मन्त्री अर्यालले संसद् भवन निर्माणका लागि थपिएको पछिल्लो समयावधिभित्र परियोजनाको काम सम्पन्न हुने वा नहुनेबारे चासोसमेत प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रेस काउन्सिलको अध्यक्षमा मनोनीत वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको छ । सरकारले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत आचार्यलाई नियुक्त गरेको थियो । आइतबार सञ्चारमन्त्री जगदीश खरेलसहितको उपस्थितिमा आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको हो । आचार्य यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा कार्यरत थिए । २०४० सालमा अधिवक्ता भएका उनी ...
। राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । आयोगका अध्यक्ष तपबहादुर मगर सहितको टोलीले आइतबार शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरू, ...
। नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण बनाउन सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेर २१ फागुनका लागि तय भएको निर्वाचनको वातावरण निर्माणका लागि पार्टीपंक्तिलाई सबै तहमा सबै राजनीतिक दलहरूसँग छलफल अघि बढाउन निर्देशन दिएको हो । ‘निर्वाचनको वातावरण बनाउनका लागि सबै तहमा सबै ...
। बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै छानबिन गर्न ...
एकताको आवश्यकताबारे प्रचार–प्रसार गर्न नेपाली कम्युनिस्ट पार्टीको निर्देशन