मुख्य समाचार
धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते
धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

सात वटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् ।

दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

काठमाडौंबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौं जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको थिए ।


घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् ।

चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यी हुन् घाइतेहरू :

१) गोरखा पालुङटार न.पा–४ बस्ने वर्ष ५१ को बिनोद पोकुरेल ।

२) गोरखा पालुङटार न.पा–३ बस्ने वर्ष ३३ की मिना पनेरुक ।

३) गोरखा पालुङटार न.पा–१ बस्ने वर्ष ६९ की ईन्द्र कुमारी देवकोटा ।

४) काठामाण्डौ पुरानो गुजेश्वरी नगरपालिका–४ बस्ने वर्ष ६५ को सिता गजुरेल ।

५) लम्जुङ राईनिस न.पा–१ बस्ने वर्ष ४० को अजय घिमिरे ।

६) लम्जुङ राईनिस न.पा–१ बस्ने निजकै श्रीमती बर्ष ४० की सुर्य घिमिरे ।

७) लम्जुङ राईनिस न.पा–१ निजकै छोरा वर्ष १५ को कुशल घिमिरे ।

८)बा.प्र.०६–००१ ग ००११ नं को बस चालक चितवन कालिका न.पा–६ बस्ने वर्ष ४२ को उदय बहादुर थापा ।

९) चितवन कालिका न.पा–६ बस्ने बर्ष १६ को सुवित थिङ साईवावा ।



१०) चितवन कालिका न.पा–६ बस्ने वर्ष १५ की कबिता सिङ ।

११) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को यमवि श्रेष्ठ ।

१२) चितवन कालिका न.पा–६ बस्ने वर्ष १५ को रमित परियार ।

१३) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को समिर मगर टाउको ।

१४) चितवन कालिका न.पा–६ वर्ष १५ को ईस्माईल थिङ ।

१५) चितवन कालिका न.पा–६ बस्ने वर्ष ३२ की कमला लामिछाने ।

१६) चितवन कालिका न.पा–६ बस्ने वर्ष १३ को सचिन गुरुङ ।

१७) चितवन कालिका न.पा–६ वर्ष २३ को शिव लामिछाने ।

१८) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को आस्विन प्रजा ।

१९) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ कि राधिका चेपाङ ।

२०) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को मिलन तामाङ ।

२१) चितवन कालिका न.पा– ७ बस्ने वर्ष ७ की कशिस तामाङ ।

२२) चितवन कालिका न.पा–३ बस्ने वर्ष १८ को सन्तोस प्रजा ।

२३) चितवन कालिका न.पा–६ बस्ने वर्ष १५ को बिराज तामाङ ।

२४) चितवन कालिका न.पा–७ बस्ने बर्ष १२ को जयराम अर्याल ।

२५) चितवन कालिका न.पा–६ बस्ने वर्ष १७ को निशान गुरुङ ।

२६) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को समिर परियार ।

२७) चितवन कालिका न.पा–३ बस्ने वर्ष १६ को जसमिन श्रेष्ठ ।

२८) चितवन कालिका न.पा–२ बस्ने वर्ष २० कमल गुरा ।

२९) चितवन कालिका न.पा–७ बस्ने वर्ष १६ की रबिना सुनार ।

३०) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १८ की प्रतिमा मगर ।

३१) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १४ को आयुब बि.क ।

३२) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १५ की बिमला तामाङ ।

३३) लु.९५ प ३०७ नं. मो.सा. चालक धादिङ थाक्रे गा.पा–६ महादेववेशि बस्ने वर्ष ५९ को सेख खलि एस ।

३४) ल्ी०१ब्द्य४६५४ नं. को डिब्बा गाडि चालक नाम थर नखुलेको अं. ३०/३५ वर्षीय (ट्रमा सेन्टरमा उपचाररत)

३५) ग १ ख ८५५१ नं. को बस चालक गोरखा पालुङटार न.पा–३ बस्ने वर्ष ४४ को राजु कार्की ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
५० वर्षपछि येँगा हिटीमा खस्यो पानी, अमेरिकाको एएफसीपी कोषद्वारा जीर्णोद्वार
। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आज मंसिर २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म ...
। आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले ...
। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको हो । निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा ...
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिहीबार गुन्डु पुगेको खबर आमचासोकै विषय