मुख्य समाचार
नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई किनेको छ
नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई किनेको छ

। नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई किनेको छ ।

यी दुईले शुक्रबार एक सम्झौताको घोषणा गरेका छन्, जसअन्तर्गत नेटफ्लिक्सले वार्नर ब्रदर्स, यसको फिल्म र टिभी स्टुडियोहरू, एचबीओ म्याक्स र एचबीओसहितलाई अधिग्रहण गर्नेछ ।


८२.७ अर्ब अमेरिकी डलर (ऋण समावेश) सहित ७२ अर्ब डलर इक्विटी मूल्यमा आफूले प्रतिष्ठित स्टुडियो किनेको नेटफ्ल्क्सिले जनाएको छ ।

वार्नर ब्रदर्सको स्ट्रिमिङ र स्टुडियो व्यवसाय खरिद गर्ने नेटफ्लिक्सको सम्झौताको घोषणा एक हप्ता लामो रस्साकस्सीपछि आएको हो । स्टुडियो किन्न डेभिड एलिसनको प्यारामाउन्ट स्काइडान्स र कमकास्ट पनि प्रतिस्पर्धामा थिए ।

वार्नर ब्रदर्सको अहिलेको संचालन र यसका फिल्मको हल रिलिजलाई पनि निरन्तरता दिने नेटफ्ल्क्सिले जनाएको छ । अहिले वार्नर ब्रदर्ससँग सन् २०२९ मा फिल्म रिलिज गर्ने सम्झौता कायमै छन् ।

यो बहुचर्चित सम्झौतापछि नेटफ्ल्क्सिका ग्राहकले वार्नर ब्रदर्सको विशाल फिल्म र सिरिजको अभिलेखमा पहुँच पाउनेछन् । यसले नेटफ्लिक्सलाई उपभोक्ताको लागि आफ्ना योजना बनाउन, हेर्ने विकल्प बढाउन र सामग्रीमा पहुँच विस्तार गर्न अनुमति दिन्छ ।

नेटफ्लिक्सले वार्नर ब्रदससँगको सम्झौता समाप्त भएको तेस्रो वर्षसम्ममा वार्षिक २ अर्बदेखि ३ अर्ब डलरको लागत बचत हुने अपेक्षा गरेको बताएको छ ।

कम्पनीहरूका अनुसार, ‘यो अधिग्रहणले नेटफ्लिक्सको नवीनता, विश्वव्यापी पहुँच र वार्नर ब्रदर्ससँगको उत्कृष्ट स्ट्रिमिङ सेवालाई संयोजन गर्दै, दुई अग्रणी मनोरञ्जन व्यवसायलाई एकसाथ ल्याउँछ ।

‘द बिग ब्याङ्ग थ्योरी’, ’द सोप्रानोस’, ’गेम अफ थ्रोन्स’, ‘द विजार्ड अफ ओज’ र डीसी युनिभर्स जस्ता रुचाइएका फ्रान्चाइजी, कार्यक्रम र चलचित्रहरू ‘वेडनेस्डे’, ‘मनी हेइस्ट’, ‘ब्रिजरटन’, ‘एडोलेसेन्स’ र ‘एक्सट्र्याक्शन’ सहित नेटफ्लिक्सको व्यापक पोर्टफोलियोमा सामेल हुनेछन्, जसले विश्वभरका दर्शकका लागि असाधारण मनोरञ्जन दिनेछ ।

डाइरेक्टर्स गिल्ड अफ अमेरिका र थिएटर-चेन ट्रेड ग्रुप सिनेमा युनाइटेड लगायत हलिउड उद्योग समूहले पनि नेटफ्लिक्सले वार्नर ब्रदर्सको अधिग्रहण गर्दा फिल्मको थिएटर व्यवसायलाई हानि पुग्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

नेटफ्लिक्सले आफ्नो घोषणामा यो सम्झौताले “एक बलियो मनोरञ्जन उद्योग’ निर्माण गर्ने दाबी गरेको छ । कम्पनीका अनुसार, “यो अधिग्रहणले नेटफ्लिक्सको स्टुडियो क्षमतालाई बढावा दिनेछ, जसले कम्पनीलाई अमेरिकी उत्पादन क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गर्न र लामो अवधिमा मौलिक सामग्रीमा लगानी बढाउन जारी राख्न अनुमति दिनेछ जसले रोजगारी सिर्जना गर्नेछ र मनोरञ्जन उद्योगलाई बलियो बनाउनेछ ।

“हाम्रो लक्ष्य सधैं संसारलाई मनोरञ्जन दिनु रहेको छ’ नेटफ्लिक्सका सह-सीईओ टेड सारान्डोसले एक विज्ञप्तिमा भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...