मुख्य समाचार
भक्तपुरको सल्लाघारीमा आगामी २७ मंसिरमा महाधिवेशन उद्घाटन गर्ने तयारी
भक्तपुरको सल्लाघारीमा आगामी २७ मंसिरमा महाधिवेशन उद्घाटन गर्ने तयारी

। नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आउन अब एक हप्ता मात्र बाँकी छ ।

भक्तपुरको सल्लाघारीमा आगामी २७ मंसिरमा महाधिवेशन उद्घाटन गर्ने तयारी भइरहेको छ । केही जिल्लाको विवाद बाहेक महाधिवेशन प्रतिनिधि चयनको काम पनि सकिएको छ ।


तर महाधिवेशनको अरू काम अगाडि बढिरहँदा निर्वाचनको तयारी भने सुस्त छ । अहिलेसम्म निर्वाचन आयोगको छुट्टै कार्यालय स्थापना हुन सकेको छैन भने केन्द्रीय कार्यालयमै पनि आवश्यक काम भइरहेको छैन ।

‘यो महाधिवेशन नेतृत्व चयनका निम्ति भइरहेको छ । तर निर्वाचन आयोगले पाउनुपर्ने प्राथमिकता पाएको छैन,’ आयोगका सदस्य समीर नेपालले भने । अहिलेसम्म आयोगलाई एउटा कम्प्युटर उपलब्ध गराउनु बाहेक अरु सहयोग केन्द्रीय कार्यालयबाट भएको छैन ।




जबकि महाधिवेशनमा मतदान हुने लगभग निश्चित जस्तै छ । महाधिवेशन प्रतिनिधि चयन हुँदा नै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर भएर आएका छन् ।

दुवै पक्षको तयारी हेर्दा सर्वसम्मतिबाट नेतृत्व चयनको सम्भावना देखिँदैन । नेतृत्व होडको अभ्यास देखेका आयोग सदस्यहरूले पनि आवश्यक तयारी अगाडि बढाउन खोजिरहेको छ ।

उनीहरूका अनुसार आयोगका अध्यक्ष डा. विजय सुब्बाले आवश्यक सहयोगका निम्ति निकै पटक आग्रह समेत गरिसकेका छन् । ‘अध्यक्षले धेरैपटक ध्यानाकर्षण गराइसक्नुभएको छ,’ स्रोतले भन्यो, ‘तर अहिलेसम्म आवश्यक सामग्रीहरू उपलब्ध हुन सकेको छैन ।’

प्रतिनिधिहरूको अन्तिम नामावली आयोगले पाएपछि नेतृत्व निर्माणको प्रक्रिया अगाडि बढ्ने भएपनि त्यसअघि गर्नुपर्ने काम समेत हुन नसकेको छैन । ‘उम्मेद्वारी फारम छाप्नुपर्ने हुन्छ, मुचुल्काहरू तयार पार्नुपर्छ,’ आयोगका एक सदस्य भन्छन्, ‘तर यसप्रति पार्टी कार्यालयको ध्यान गएको छैन ।’

चुनावका लागि आयोगमा करिब ६० जना कर्मचारी चाहिने प्रक्षेपण गरिएको छ । ‘उनीहरूलाई तालिम दिनुपर्‍यो, नियुक्ति प्रक्रिया अघि बढाउनुपर्‍यो । काम अघि बढेकै छैन,’ स्रोत भन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् । सात वटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । काठमाडौंबाट गजुरी जाँदै गरेको ...
५० वर्षपछि येँगा हिटीमा खस्यो पानी, अमेरिकाको एएफसीपी कोषद्वारा जीर्णोद्वार
। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आज मंसिर २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म ...
। आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले ...
। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको हो । निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा ...