मुख्य समाचार
जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश
जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश

: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो।

यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्।


त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओेभरका ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। जनकपुरले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १३६ रनसहित लक्ष्य पूरा गरेको छ।

लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।

लुम्बिनीको पहिलो विकेटको रुपमा सुमित महर्जन डाइमण्ड डक भए। इनिङ्सको पहिलो बलमा सुमित संगीथ कोरेको बलमा बोल्ड भए। डार्सी सर्ट ३० रनमा संगीत कोरेको हातबाट एलबीडब्ल्यू भए। निरोसन डिकवेल्लाले १७ रन बनाए। सन्दीप जोरा गोल्डेन डकआउट भए। जे जे स्मिथले २१ रन बनाए। दिलिप नाथ १५ र रुबिन ट्रम्पलमेन ६ रनमा अविजित रहे।

जनकपुर बोल्ट्सका लागि संगीथ कोरेले ३ विकेट लिए र मयन यादवले २ विकेट लिँदा सञ्जय कृष्णमुर्थीले १ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको जनकपुर बोल्ट्सका लागि संगीथ कोरेलले सर्वाधिक ४५ रनमा अविजित रहे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले मयन यादवसँग सातौं विकेटको लागि ४९ रनको अविपजत साझेदारी गरे।

पहिलो विकेटको रुपमा ओपनर माज सदाकत आउट भए । पहिलो ओभरको पाँचौं बलमा माज विकेट किपरको हातमा क्याच भए।

दोस्रो विकेट अनिल कुमार शाह ७ रनमा एलबीडब्ल्यूको रुपमा पेभेलियन फर्किए। आसिफ शेख १७ बलमा २ चौका र १ छक्कासहित २० रनमा क्याच भए।

शुभ कंसाकरले ११ र सञ्जय कृष्णमुर्थी १४ रनमा पेभेलियन फर्किए।

मयन यादव २७ रनमा अविजित रहे। उनले २३ बलमा समान १ चौका र १ छक्का प्रहार गरे।

लुम्बिनी लायन्सका लागि बलिङ तर्फ रोहित पौडेल र शेर मल्लले २–२ विकेट लिए। जे जे स्मिथ र रुबिन ट्रम्पलमेनले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम