मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता

: प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।

उनीहरूबीच नेपाल-जापान सम्बन्धको ७०औं वर्षगँठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।


सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सराहना गरेका थिए। उनले सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकासलगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भाव रहने विश्वास व्यक्त गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्व प्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले चितवन बछौलीका ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरेको हो। दराईलाई रुपन्देहीको बेलहियास्थित सडकखण्डबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्। दराईविरुद्ध गोरखा जिल्ला अदालतबाट २०६८ असार २० गते सर्वस्वसहित जन्मकैदको फैसला भएको पाइएको छ। दराईले २०६७ मंसिर ...
: मधेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश सरकार गठनका लागि आह्वान गरेको समयसीमा शुक्रबार साँझ ५ बजे सकिदैछ । तर, मधेश सरकार गठनको लागि ७ दल बीच सहमति जुट्न नसक्दा दावी पेश हुन सकेको छैन् । ७ दल बीचमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र (सोनल) प्रसाद ...
: हाम्रो पार्टी नेपालले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेको छ। शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेट गर्दै दलित समुदायको उचित प्रतिनिधि हुने गरी निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको हो। समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस-आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित ...
: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा उनले विभिन्न शक्तिहरूले मुलुक र पार्टीको नेतृत्वलाई सिद्धाउने षडयन्त्र गरिरहेको भन्दै यस अवस्थामा नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्ने बताएका हुन्। महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने उल्लेख गर्दै उनले विद्यमान पार्टीको विधानलाई संशोधन गरेर ...
: नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित बनेका छन्। विद्युत प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सवस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो। त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याइएको छ। अब उक्त सबस्टेसनहरु मिनभवनस्थित प्राधिकरणको भवनमा ...