मुख्य समाचार
भारत र रुस बीचको २३ औं वार्षिक बैठक जारी
भारत र रुस बीचको २३ औं वार्षिक बैठक जारी

: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गरे। भारत र रुस बीचको २३ औं वार्षिक बैठक जारी छ। यस बैठकको उद्देश्य रक्षा,व्यापार, ऊर्जा र आर्थिक सहयोग जस्ता प्रमुख क्षेत्रहरूमा साझेदारीलाई अझ सुदृढ पार्नु हो।

पुटिन चार वर्षपछि दुई दिने राजकीय भ्रमणमा भारत आएका हुन्। बिहान पुटिनले राजघाटको भ्रमण गरेका थिए। त्यहाँ उनले महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। राजघाट पुग्नुअघि राष्ट्रपति पुटिनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। तीनै सशस्त्र सेनाले सम्मान गारत प्रस्तुत गरेका थिए। उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले स्वागत गरेकी थिइन्।


कुन-कुन सम्झौतामा भयो हस्ताक्षर ?

भारत र रूसबीच सहयोग र आप्रवासन,स्वास्थ्य सेवा र चिकित्सा शिक्षा, खाद्य सुरक्षा र मापदण्ड, ध्रुवीय जहाज र समुद्री सहयोग र मलका विषयमा महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको छ।
हस्ताक्षरपछि प्रधानमन्त्री मोदीले भने,'आर्थिक सहयोगलाई नयाँ उचाइमा पुर्‍याउनु हाम्रो साझा प्राथमिकता हो। यो हाँसिल गर्न आज हामीले २०३० सम्मको आर्थिक सहयोग कार्यक्रममा सहमति जनाएका छौं। यसले हाम्रो व्यापार र लगानीलाई विविध,सन्तुलित र दिगो बनाउनेछ।'

उनले भने,'आज राष्ट्रपति पुटिन र मलाई भारत-रूस व्यापार मञ्चमा भाग लिने अवसर मिल्नेछ। मलाई विश्वास छ कि यो मञ्चले हाम्रो व्यावसायिक सम्बन्धलाई नयाँ बल दिनेछ। यसले निर्यात,सह-उत्पादन र सह-नवप्रवर्तनको लागि पनि नयाँ ढोका खोल्नेछ।'

प्रधानमन्त्री मोदीले थपे,'दुई देशहरू बीचको कनेक्टिभिटी बढाउनु हाम्रो मुख्य प्राथमिकता हो। हामी INSTC, उत्तरी समुद्री मार्ग, चेन्नई-भ्लादिभोस्तोक करिडोरमा नयाँ ऊर्जाका साथ अगाडि बढ्नेछौं।'

प्रधानमन्त्री मोदीले युक्रेन संकटदेखि नै आफूहरू निरन्तर संवादमा रहेको बताए। 'शान्तिको बाटो खोज्न हामी सबै मिलेर काम गर्नुपर्छ। हालैका दिनहरूमा भइरहेका प्रयासहरूले मलाई विश्व फेरि शान्तिमा फर्कनेछ भन्ने पूर्ण विश्वास दिन्छ,'उनले भने।

प्रधानमन्त्रीले भने,'मैले सधैं भनेको छु कि भारत तटस्थ छैन। भारतको अडान छ र त्यो अडान शान्तिको लागि हो। हामी शान्तिको लागि हुने हरेक प्रयासलाई समर्थन गर्छौं। हामी शान्तिको लागि हुने हरेक प्रयासमा काँधमा काँध मिलाएर उभिन्छौं।'

रुसी राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइपछि आफू र मोदीले धेरै पटक एकअर्कासँग कुरा गरेको बताए। उनले भने,'हामी टेलिफोनमा धेरै महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गरिरहन्छौं। रूस र भारत बीचको पारस्परिक सम्बन्ध धेरै बलियो छ। आर्थिक मुद्दाहरू सहित धेरै क्षेत्रमा हाम्रो पारस्परिक सम्बन्ध बलियो हुँदै गइरहेको छ।'

पुटिनले थपे,'हामी व्यापार,लगानी र प्रविधिमा वार्ता अगाडि बढाइरहेका छौं। रूस र भारतीय आर्थिक सहयोग संगठन मिलेर काम गरिरहेका छन्।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हैदराबाद हाउसमा भएको महत्वपूर्ण बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मोदीले संयुक्त विज्ञप्ति जारी गर्दैछन्। यस भेटमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरे। प्रधानमन्त्री मोदीले भारत र रुसको २३ औं शिखर सम्मेलनमा राष्ट्रपति पुटिनलाई स्वागत गर्न पाउँदा धेरै खुसी लागेको बताए। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनको भारतप्रतिको गहिरो मित्रताका लागि हार्दिक आभार व्यक्त गरे। प्रधानमन्त्री मोदीले ...
: भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोध बिना इन्धन आपूर्ति जारी राख्ने बताएका छन्। अमेरिकाले भारतलाई रुसबाट तेल नकिन्न निरन्तर दबाब दिइरहेका बेला रुसी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्। अमेरिकाले रुसबाट तेल खरिद गर्दा भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क पनि लगाएको छ। यसले भारतमाथिको अमेरिकी भन्सार शुल्क ५० ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने सम्झौतातर्फ आफू अगाडि बढिरहेको दाबी गरेका छन्। राष्ट्रपति ट्रम्पले अमेरिका फेरि बलियो भएर आएको र विश्वभर शान्ति ल्याउने दाबी गरे। ‘हामीले आठवटा युद्ध समाधान गरिसकेका छौं र हामी अर्को युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्ने दिशामा अगाडि बढिरहेका छौं। आशा छ, हामी रूस र युक्रेन बीचको युद्ध ...
: बिहीबार भारत आइपुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहारस्वरुप दिएका हुन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्,‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरें। गीताको शिक्षाले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरणा दिन्छ।’ रुसी राष्ट्रपति ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता गर्नुपर्ने बताएका छन्। बिहीबार राति भारत आइपुगेपछि राष्ट्रपति पुटिनले भारतीय सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता गर्नुपर्ने बताएका हुन्। पुटिनले युक्रेनले पालना नगरेको खण्डमा रूसले यसलाई कब्जा गर्ने बताए। बीबीसीका अनुसार उनले युक्रेनसँग युद्ध अन्त्य गर्ने सम्झौता अस्वीकार गरे। उनले इन्डिया ...