मुख्य समाचार
भारत र रुस बीचको २३ औं वार्षिक बैठक जारी
भारत र रुस बीचको २३ औं वार्षिक बैठक जारी

: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गरे। भारत र रुस बीचको २३ औं वार्षिक बैठक जारी छ। यस बैठकको उद्देश्य रक्षा,व्यापार, ऊर्जा र आर्थिक सहयोग जस्ता प्रमुख क्षेत्रहरूमा साझेदारीलाई अझ सुदृढ पार्नु हो।

पुटिन चार वर्षपछि दुई दिने राजकीय भ्रमणमा भारत आएका हुन्। बिहान पुटिनले राजघाटको भ्रमण गरेका थिए। त्यहाँ उनले महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। राजघाट पुग्नुअघि राष्ट्रपति पुटिनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो। तीनै सशस्त्र सेनाले सम्मान गारत प्रस्तुत गरेका थिए। उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले स्वागत गरेकी थिइन्।


कुन-कुन सम्झौतामा भयो हस्ताक्षर ?

भारत र रूसबीच सहयोग र आप्रवासन,स्वास्थ्य सेवा र चिकित्सा शिक्षा, खाद्य सुरक्षा र मापदण्ड, ध्रुवीय जहाज र समुद्री सहयोग र मलका विषयमा महत्त्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर भएको छ।
हस्ताक्षरपछि प्रधानमन्त्री मोदीले भने,'आर्थिक सहयोगलाई नयाँ उचाइमा पुर्‍याउनु हाम्रो साझा प्राथमिकता हो। यो हाँसिल गर्न आज हामीले २०३० सम्मको आर्थिक सहयोग कार्यक्रममा सहमति जनाएका छौं। यसले हाम्रो व्यापार र लगानीलाई विविध,सन्तुलित र दिगो बनाउनेछ।'

उनले भने,'आज राष्ट्रपति पुटिन र मलाई भारत-रूस व्यापार मञ्चमा भाग लिने अवसर मिल्नेछ। मलाई विश्वास छ कि यो मञ्चले हाम्रो व्यावसायिक सम्बन्धलाई नयाँ बल दिनेछ। यसले निर्यात,सह-उत्पादन र सह-नवप्रवर्तनको लागि पनि नयाँ ढोका खोल्नेछ।'

प्रधानमन्त्री मोदीले थपे,'दुई देशहरू बीचको कनेक्टिभिटी बढाउनु हाम्रो मुख्य प्राथमिकता हो। हामी INSTC, उत्तरी समुद्री मार्ग, चेन्नई-भ्लादिभोस्तोक करिडोरमा नयाँ ऊर्जाका साथ अगाडि बढ्नेछौं।'

प्रधानमन्त्री मोदीले युक्रेन संकटदेखि नै आफूहरू निरन्तर संवादमा रहेको बताए। 'शान्तिको बाटो खोज्न हामी सबै मिलेर काम गर्नुपर्छ। हालैका दिनहरूमा भइरहेका प्रयासहरूले मलाई विश्व फेरि शान्तिमा फर्कनेछ भन्ने पूर्ण विश्वास दिन्छ,'उनले भने।

प्रधानमन्त्रीले भने,'मैले सधैं भनेको छु कि भारत तटस्थ छैन। भारतको अडान छ र त्यो अडान शान्तिको लागि हो। हामी शान्तिको लागि हुने हरेक प्रयासलाई समर्थन गर्छौं। हामी शान्तिको लागि हुने हरेक प्रयासमा काँधमा काँध मिलाएर उभिन्छौं।'

रुसी राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइपछि आफू र मोदीले धेरै पटक एकअर्कासँग कुरा गरेको बताए। उनले भने,'हामी टेलिफोनमा धेरै महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गरिरहन्छौं। रूस र भारत बीचको पारस्परिक सम्बन्ध धेरै बलियो छ। आर्थिक मुद्दाहरू सहित धेरै क्षेत्रमा हाम्रो पारस्परिक सम्बन्ध बलियो हुँदै गइरहेको छ।'

पुटिनले थपे,'हामी व्यापार,लगानी र प्रविधिमा वार्ता अगाडि बढाइरहेका छौं। रूस र भारतीय आर्थिक सहयोग संगठन मिलेर काम गरिरहेका छन्।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम