मुख्य समाचार
७ दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा कृष्ण यादवको दाबी पेश
७ दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा कृष्ण यादवको दाबी पेश

: मधेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेश गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा कांग्रेसका यादवले मुख्यमन्त्रीका लागि दावी पेश गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहर आन्तरिक छलफलमा जुटेका थिए । तर, लोसपा र कांग्रेसको मुख्यमन्त्रीमा निरन्तर दाबी भएपछि सहमति हुन सकेको थिएन। तर, समयसीमा समाप्त हुन लाग्दा ७ दलीय गठबन्धनबाट यादवलाई मुख्यमन्त्री बनाउन सहमति जुटेको हो । लोसपा भने पछि हटेको छ।


संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दावी पेश गर्न आह्वान गरेका थिए। जसमा ७ दलका ७४ सांसदको समर्थनमा यादवलाई मुख्यमन्त्रीमा अघि बढाइएको हो।

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री टुंगो लगाउन एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरूले बिहीबार ८ आठ घण्टा लामो छलफल गरेपनि सहमति जुट्न सकेको थिएन् । छलफलमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी थिए ।

मधेस प्रदेशमा सात दलमा ७४ सांसद छन् । ७ दलमा नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।

मधेश प्रदेशमा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ७, एकीकृत समाजवादीका ७ सात, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका एक–एकजना प्रदेशसभा सदस्य छन् । यी मध्ये एमाले,जसपा नेपाल र लोसपाका एक/ एक जना प्रदेशसभा सदस्य निलम्बित छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्व प्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले चितवन बछौलीका ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरेको हो। दराईलाई रुपन्देहीको बेलहियास्थित सडकखण्डबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्। दराईविरुद्ध गोरखा जिल्ला अदालतबाट २०६८ असार २० गते सर्वस्वसहित जन्मकैदको फैसला भएको पाइएको छ। दराईले २०६७ मंसिर ...
: मधेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश सरकार गठनका लागि आह्वान गरेको समयसीमा शुक्रबार साँझ ५ बजे सकिदैछ । तर, मधेश सरकार गठनको लागि ७ दल बीच सहमति जुट्न नसक्दा दावी पेश हुन सकेको छैन् । ७ दल बीचमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र (सोनल) प्रसाद ...
: हाम्रो पार्टी नेपालले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेको छ। शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेट गर्दै दलित समुदायको उचित प्रतिनिधि हुने गरी निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन आग्रह गरेको हो। समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस-आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित ...
: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा उनले विभिन्न शक्तिहरूले मुलुक र पार्टीको नेतृत्वलाई सिद्धाउने षडयन्त्र गरिरहेको भन्दै यस अवस्थामा नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्ने बताएका हुन्। महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने उल्लेख गर्दै उनले विद्यमान पार्टीको विधानलाई संशोधन गरेर ...
: प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल-जापान सम्बन्धको ७०औं वर्षगँठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सराहना गरेका थिए। उनले सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन ...