मुख्य समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोध बिना इन्धन आपूर्ति जारी राख्ने बताए
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोध बिना इन्धन आपूर्ति जारी राख्ने बताए

: भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोध बिना इन्धन आपूर्ति जारी राख्ने बताएका छन्। अमेरिकाले भारतलाई रुसबाट तेल नकिन्न निरन्तर दबाब दिइरहेका बेला रुसी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्।

अमेरिकाले रुसबाट तेल खरिद गर्दा भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क पनि लगाएको छ। यसले भारतमाथिको अमेरिकी भन्सार शुल्क ५० प्रतिशत पुगेको छ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएका थिए। यसमा रूसी तेल र हतियार खरिद गर्दा २५ प्रतिशत जरिवाना पनि समावेश थियो।

ट्रम्पले युक्रेनविरुद्धको युद्धमा भारतले रुसी तेल र हतियार खरिद गरेर रुसलाई फाइदा पुर्‍याएको आरोप लगाएका छन्। तर यो आरोप भारतले अस्वीकार गरेको छ।

२०२२ मा युद्ध सुरु हुनुभन्दा अगाडि भारतको रुसबाट तेल आयात मुश्किलले २.५ प्रतिशत थियो। तर रुसी तेल सहुलियत दरमा खरिद गरेपछि २०२४/२५ मा बढेर लगभग ३५.८ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हैदराबाद हाउसमा भएको महत्वपूर्ण बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मोदीले संयुक्त विज्ञप्ति जारी गर्दैछन्। यस भेटमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरे। प्रधानमन्त्री मोदीले भारत र रुसको २३ औं शिखर सम्मेलनमा राष्ट्रपति पुटिनलाई स्वागत गर्न पाउँदा धेरै खुसी लागेको बताए। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनको भारतप्रतिको गहिरो मित्रताका लागि हार्दिक आभार व्यक्त गरे। प्रधानमन्त्री मोदीले ...
: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गरे। भारत र रुस बीचको २३ औं वार्षिक बैठक जारी छ। यस बैठकको उद्देश्य रक्षा,व्यापार, ऊर्जा र आर्थिक सहयोग जस्ता प्रमुख क्षेत्रहरूमा साझेदारीलाई अझ सुदृढ पार्नु हो। पुटिन चार वर्षपछि दुई दिने राजकीय भ्रमणमा भारत आएका हुन्। बिहान पुटिनले राजघाटको भ्रमण गरेका ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने सम्झौतातर्फ आफू अगाडि बढिरहेको दाबी गरेका छन्। राष्ट्रपति ट्रम्पले अमेरिका फेरि बलियो भएर आएको र विश्वभर शान्ति ल्याउने दाबी गरे। ‘हामीले आठवटा युद्ध समाधान गरिसकेका छौं र हामी अर्को युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्ने दिशामा अगाडि बढिरहेका छौं। आशा छ, हामी रूस र युक्रेन बीचको युद्ध ...
: बिहीबार भारत आइपुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहारस्वरुप दिएका हुन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्,‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरें। गीताको शिक्षाले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरणा दिन्छ।’ रुसी राष्ट्रपति ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता गर्नुपर्ने बताएका छन्। बिहीबार राति भारत आइपुगेपछि राष्ट्रपति पुटिनले भारतीय सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता गर्नुपर्ने बताएका हुन्। पुटिनले युक्रेनले पालना नगरेको खण्डमा रूसले यसलाई कब्जा गर्ने बताए। बीबीसीका अनुसार उनले युक्रेनसँग युद्ध अन्त्य गर्ने सम्झौता अस्वीकार गरे। उनले इन्डिया ...