: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता गर्नुपर्ने बताएका छन्। बिहीबार राति भारत आइपुगेपछि राष्ट्रपति पुटिनले भारतीय सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता गर्नुपर्ने बताएका हुन्।
पुटिनले युक्रेनले पालना नगरेको खण्डमा रूसले यसलाई कब्जा गर्ने बताए। बीबीसीका अनुसार उनले युक्रेनसँग युद्ध अन्त्य गर्ने सम्झौता अस्वीकार गरे।
उनले इन्डिया टुडेसँग भने,‘या त हामी यी क्षेत्रहरूलाई बल प्रयोग गरेर मुक्त गर्नेछौं। या युक्रेनी सेनाले यी क्षेत्रहरू छोड्नेछन्।’
डोनबासको लगभग ८५ प्रतिशत भाग रूसले नियन्त्रण गर्छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले क्षेत्र छोड्न अस्वीकार गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी शान्ति योजनाको बारेमा छलफल गरिरहेका उनका वार्ताकारहरूले रुसी नेता ‘युद्ध अन्त्य गर्न चाहन्छन्’ भन्ने विश्वास गरेको बताएपछि पुटिनको यो टिप्पणी आएको हो।