: कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भिमसेन थापाको निधन भएको छ। उनको हिजो बिहान ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
नेपाली कांग्रेस क्षेत्र नम्बर–२ का सचिवसमेत रहेका थापाको ४६ वर्षको उमेरमा निधन भएको हो। १५ महिनादेखि उनी प्यान्क्रियाज क्यान्सरबाट पीडित थिए।
मृतक थापाको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह, महामन्त्री गगन थापा र कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरेका थिए।