मुख्य समाचार
सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित
सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित

: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो।




सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ।


यो जितसँगै प्लेअफका ३ टोलीको टुंगो लागेको छ। सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाएका हुन्। अब प्लेअफमा १ स्थान बाँकी छ।




टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो।
सुदूरपश्चिम रोयल्सले दिएको १७० को विजयी लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा १२० रन बनाउँदै अलआउट भएको हो।

चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए। उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे।

ओपनर डेविड मलान ६ रनमा राआउट भए। दोस्रो विकेट अर्जुन साउद १६ रनमा क्याच भए। सैफ जैब ६ रनमा क्याच भए। देव खानलले २८ रन बनाए। कप्तान कुशल मल्लले १५ रन बनाए। त्यसपछिका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिम रोयल्सका लागि पुनित महराले ३ विकेट लिए। दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहोरा र इशान पाण्डेले १–१ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाएर रिटायर हर्ट भए। उनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
सुदूरले पहिलो विकेट विनोद भण्डारीको रूपमा गुमायो। उनले १७ बलमा २१ रन बनाए। उनले पहिलो विकेटको लागि क्रिस लिनसँग ४६ रनको साझेदारी बनाए।

इशान पाण्डे १ रनमा क्याच भए। पुनित महराले १३ रन बनाए। हर्मित सिंह १ रनमै पेभेलियन फर्किए।
आरिफ शेख २४ र दीपेन्द्र सिंह ऐरी २४ रनमा अविजित रहे।

चितवन राइनोजका लागि सैफ जैबले २ विकेट लिए। रञ्जित कुमार र जर्ज स्क्रिमसले १–१ विकेट लिए।

सुदूरपश्चिम यसअघि नै प्लेअफमा छनोट भइसकेको थियो। यसअघि, सुदूरपश्चिमले ५ खेलमा ५ जिसहित प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रन, चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेट र पाँचौं खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको थियो।

चितवन राइनोजले पाँच खेल खेलिसक्दा २ जित्दा तिन खेलमा हार बेहोरेको हो। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवनले दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हराएको थियो। चौथो खेलमा काठमान्डु गोर्खाजसाग ५३ रनले पराजित हुँदा पाँचौं खेला जनकपुर बोल्ट्ससँग ६ विकेटको हार बेहोरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम