मुख्य समाचार
बेन्जामिन नेतान्याहूले विभिन्न उम्मेदवारको अन्तर्वार्ता लिएपछि आफ्ना सैन्य सचिव मेजर जनरल रोमन गोफम्यानलाई इजरायलको गुप्तचर निकाय मोसादको निर्देशकमा नियुक्त गर्ने निर्णय
बेन्जामिन नेतान्याहूले विभिन्न उम्मेदवारको अन्तर्वार्ता लिएपछि आफ्ना सैन्य सचिव मेजर जनरल रोमन गोफम्यानलाई इजरायलको गुप्तचर निकाय मोसादको निर्देशकमा नियुक्त गर्ने निर्णय

: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विभिन्न उम्मेदवारको अन्तर्वार्ता लिएपछि आफ्ना सैन्य सचिव मेजर जनरल रोमन गोफम्यानलाई इजरायलको गुप्तचर निकाय मोसादको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेका छन्।

मेजर जनरल गोफम्यानले वर्तमान मोसाद प्रमुख डेभिड बार्नियाको स्थानमा उनलाई नियुक्त गरेका हुन्। उनको पाँच वर्षे कार्यकाल जुन २०२६ मा सिकने छ।


प्रधानमन्त्री नेतान्याहूले वरिष्ठ अधिकारीहरूको नियुक्ति सम्बन्धी सल्लाहकार समितिलाई मेजर जनरल गोफम्यानको नियुक्तिका लागि अनुरोध पठाएका थिए।

मेजर जनरल गोफम्यानले इजरायली रक्षा बल (आईडीएफ)मा विभिन्न अपरेशनल र कमाण्ड भूमिका सम्हालेका छन्।

इजरायली प्रधानमन्त्रीको सामाजिक सञ्जालमा पोस्ट गरिएको छ,'युद्धको समयमा प्रधानमन्त्रीको सैन्य सचिवको रूपमा उनको नियुक्तिले असाधारण व्यावसायिक क्षमता प्रमाणित गर्‍यो।'

पोस्टमा थप भनिएको छ,'उहाँले पदभार ग्रहण गरेपछि द्रुत गतिमा काम गर्नुभयो र युद्धका सबै सात मोर्चामा प्रमुख भूमिका खेल्नुभयो। मेजर जनरल गोफम्यान सबै गुप्तचर र सुरक्षा एजेन्सी विशेष गरी मोसादसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ।'

इजरायली प्रधानमन्त्रीले मेजर जनरल गोफम्यान मोसादको निर्देशक पदका लागि सबैभन्दा योग्य र उपयुक्त उम्मेदवार रहेको विश्वास गरे। उनले गोफम्यानलाई यो महत्वपूर्ण जिम्मेवारीमा सफलताको कामना गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदैछन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ। राष्ट्रपति पुटिन २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग हुने कार्यक्रम छ। भ्रमणका क्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटघाट गर्ने कार्यसूची तय भएको छ। ...
भारतको मणिपुरमा हतियार र विस्फोटक पदार्थसहित ११ जना पक्राउ
: रुसी राष्ट्रपतिका प्रेस सचिव दिमित्री पेस्कोभले अमेरिकी राजदूत स्टीव विटकफसँगको वार्ताका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी शान्ति योजनालाई अस्वीकार गरेको भन्नु सही नहुने बताएका छन्। मंगलबार अमेरिकी विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले रुस-युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। 'हिजो पहिलो पटक विचार ...
: गत साता इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५ सय २ भन्दा बढी पुगेको छ । उद्धारकर्मीहरू अझै पनि प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् । मलाक्का स्ट्रेटमा बनेको दुर्लभ चक्रवातका कारण आएको बाढीले तीन प्रान्त प्रभावित भएको छ । सरकारको विपद् एजेन्सीका अनुसार बाढीले करिब १४ लाख मानिसलाई असर गरेको छ । बाढीमा अझै ५ सय जना ...
: बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ। बीबीसी बंगलाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको कडा कारबाही र उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्ष कडा कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ। सोमबार ढाकाको विशेष न्यायाधीश अदालतले ...