मुख्य समाचार
जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय तोकिएपछि फरार अभियुक्त १३ वर्षपछि पक्राउ
जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय तोकिएपछि फरार अभियुक्त १३ वर्षपछि पक्राउ

: जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय तोकिएपछि फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ का ५७ वर्षीय मेगबहादुर भुजेल रहेको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए।

२०६९ भदौ २७ गते पुतलीबजार –१४ स्थित ब्रिफेनको बनमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भुजेललाई २०७३ मंसिर २३ गते स्याङ्जा जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो। सजायपछि उनी विदेशतिर लुकेर बस्दै आएको प्रहरी निरीक्षक कार्कीले बताए।


२०८२ मंसिर १६ गते भुजेल घरबाटै पक्राउ परेपछि बुधबार अदालतमा उपस्थित गराइएको छ। अदालतको आदेशअनुसार भुजेललाई जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चितवनको कालिका नगरपालिका-८ घर भई ललितपुर महानगरपालिका-५ बस्ने ४० वर्षीय श्याम चन्द्र अधिकारी, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४४ वर्षीय दिल बहादुर सारू मगर र सर्लाहीको ब्रह्मपुरी ...
: विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तर्क्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन्। कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यकालिकामा तलमाथि ...
: पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा भएको भरुवा बन्दुक प्रकरणका फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही पुनः पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका उनी उच्च अदालत पोखराको पछिल्लो आदेशपछि पुनः पक्राउ परेका हुन्। साउन ६ गते बारीमा सुन्तलाको बिरुवा रोप्दै गर्दा ४४ वर्षीय सुरेन्द्र रेग्मी भरुवा बन्दुकको छर्रा लागेर घाइते भएपछि घटनाको अनुसन्धान अघि ...
: नेपाल आउने विदेशी नागरिकको सुरक्षाको सुनिश्चितता गर्न विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ‘एफएनएमआईएस’ सुरु गरिने भएको छ। पुस १७ (जनवरी १) देखि यो सूचना प्रणाली देशैभर लागू गरिने भएको हो। अध्यागमन विभागले बुधबार सरोकारवालासँग गरेको कार्यक्रममा नेपाल घुम्न आउने विदेशी नागरिकको ट्रयाकिङ सुरु गरिने जानकारी दिइएको हो। विभागका महानिर्देशक रामचन्द्र तिवारीले पहिलो चरणमा काठमाडौंको सम्पूर्ण ...
: खोटाङ र उदयपुरलाई जोड्ने महत्वपूर्ण यातायात मार्गको रूपमा रहेको सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान गर्ने काम सुरु भएको छ। सुनकोशी नदीको फोक्सिङटार स्थित पक्की पुल बाढीले बगाएपछि खोटाङका धेरै स्थानहरू ‘प्राकृतिक नाकाबन्दी’ झैं अवरुद्ध बनेका थिए। खोटाङका यात्रु, बिरामी तथा आवश्यक सामग्री बोकेका सवारीसाधन सञ्चालनमा ठूलो कठिनाइ उत्पन्न भएको थियो। त्यसैकारण वैकल्पिक संरचना निर्माणको माग ...