मुख्य समाचार
मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाए
मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाए

: मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले बिहीबार उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । उधौली पर्वले जाडो मौसममा मानिस,जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत पनि गर्दछ ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने,खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा,सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् ।


बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । उधौलीका अवसरमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरी एक आपसमा शुभकामना आदान प्रदान गरी मनाइएको छ ।

उपत्यकामा ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । पूजापछि आ-आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वास किराँत जातिमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चितवनको कालिका नगरपालिका-८ घर भई ललितपुर महानगरपालिका-५ बस्ने ४० वर्षीय श्याम चन्द्र अधिकारी, नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४४ वर्षीय दिल बहादुर सारू मगर र सर्लाहीको ब्रह्मपुरी ...
: विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तर्क्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन्। कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यकालिकामा तलमाथि ...
: पुतलीबजार नगरपालिका –७ ठुलाडिहीमा भएको भरुवा बन्दुक प्रकरणका फरार प्रतिवादी ६९ वर्षीय हुमबहादुर शाही पुनः पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा धरौटीमा छुटेका उनी उच्च अदालत पोखराको पछिल्लो आदेशपछि पुनः पक्राउ परेका हुन्। साउन ६ गते बारीमा सुन्तलाको बिरुवा रोप्दै गर्दा ४४ वर्षीय सुरेन्द्र रेग्मी भरुवा बन्दुकको छर्रा लागेर घाइते भएपछि घटनाको अनुसन्धान अघि ...
: जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय तोकिएपछि फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१४ का ५७ वर्षीय मेगबहादुर भुजेल रहेको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए। २०६९ भदौ २७ गते पुतलीबजार –१४ स्थित ब्रिफेनको बनमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा भुजेललाई २०७३ मंसिर २३ गते स्याङ्जा ...
: नेपाल आउने विदेशी नागरिकको सुरक्षाको सुनिश्चितता गर्न विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली ‘एफएनएमआईएस’ सुरु गरिने भएको छ। पुस १७ (जनवरी १) देखि यो सूचना प्रणाली देशैभर लागू गरिने भएको हो। अध्यागमन विभागले बुधबार सरोकारवालासँग गरेको कार्यक्रममा नेपाल घुम्न आउने विदेशी नागरिकको ट्रयाकिङ सुरु गरिने जानकारी दिइएको हो। विभागका महानिर्देशक रामचन्द्र तिवारीले पहिलो चरणमा काठमाडौंको सम्पूर्ण ...