मुख्य समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउँदै
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउँदै

: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदैछन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ।
राष्ट्रपति पुटिन २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग हुने कार्यक्रम छ।


भ्रमणका क्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटघाट गर्ने कार्यसूची तय भएको छ। भ्रमणले भारत र रूसबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तिम भारत भ्रमण डिसेम्बर सन् २०२१ मा भएको थियो। यसको अर्थ फेब्रुअरी २०२२ मा युक्रेनसँगको युद्ध सुरु भएदेखि पुटिनले भारतको भ्रमण गरेका छैनन्। सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा आयोजित जी-२० शिखर सम्मेलनमा पुटिन पनि उपस्थित भएनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विभिन्न उम्मेदवारको अन्तर्वार्ता लिएपछि आफ्ना सैन्य सचिव मेजर जनरल रोमन गोफम्यानलाई इजरायलको गुप्तचर निकाय मोसादको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेका छन्। मेजर जनरल गोफम्यानले वर्तमान मोसाद प्रमुख डेभिड बार्नियाको स्थानमा उनलाई नियुक्त गरेका हुन्। उनको पाँच वर्षे कार्यकाल जुन २०२६ मा सिकने छ। प्रधानमन्त्री नेतान्याहूले वरिष्ठ अधिकारीहरूको नियुक्ति सम्बन्धी सल्लाहकार समितिलाई मेजर ...
भारतको मणिपुरमा हतियार र विस्फोटक पदार्थसहित ११ जना पक्राउ
: रुसी राष्ट्रपतिका प्रेस सचिव दिमित्री पेस्कोभले अमेरिकी राजदूत स्टीव विटकफसँगको वार्ताका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी शान्ति योजनालाई अस्वीकार गरेको भन्नु सही नहुने बताएका छन्। मंगलबार अमेरिकी विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले रुस-युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। 'हिजो पहिलो पटक विचार ...
: गत साता इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५ सय २ भन्दा बढी पुगेको छ । उद्धारकर्मीहरू अझै पनि प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् । मलाक्का स्ट्रेटमा बनेको दुर्लभ चक्रवातका कारण आएको बाढीले तीन प्रान्त प्रभावित भएको छ । सरकारको विपद् एजेन्सीका अनुसार बाढीले करिब १४ लाख मानिसलाई असर गरेको छ । बाढीमा अझै ५ सय जना ...
: बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ। बीबीसी बंगलाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको कडा कारबाही र उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्ष कडा कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ। सोमबार ढाकाको विशेष न्यायाधीश अदालतले ...