मुख्य समाचार
पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत लिग चरणको २३ औँ खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा छनोट भएको छ। पोखरालाई हराएसँगै प्लेअफमा छनोट हुने सुदूरपश्चिम रोयल्सपछि काठमान्डु गोर्खाज दोस्रो टिम बनेको हो।

काठमान्डु गोर्खाजको जितका लागि साहब आलमले अन्तिम ओभरमा ४ विकेट लिँदै काठमान्डुको जित पक्का गरेका हुन्।


त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा १६६ रन बनाएको थियो।

काठमान्डु गोर्खाजले दिएको १६७ रनको विजयी लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा १५२ रनमा अलआउट भएको हो।
पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। उनले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। उनले पाँचौँ विकेटका लागि धनन्जय लक्समसँग ७६ रनको साझेदारी गरे।

पोखराका लागि ओपनर तथा कप्तान कुशल भुर्तेलले २२ रन बनाए। अर्का ओपनर एडम रोसिङ्टन ५ रनमा सन्न पटेलको बलमा बोल्ड भए। जेसन रोय १६ धनन्जय लक्ष्शम ३० रनमा पेभेलियन फर्किए। त्यसपछि भने कुनैपनि ब्याटरले ऋषिसँग साझेदारी बनाउन सकेनन्। मध्यक्रमको ब्याटरले रनमा योगदान गर्न नसक्दा पोखराले हार बेहोरेको हो।

काठमान्डु गोर्खाजको लागि बलिङ तर्फ साहब आलमले ह्याट्रिक सहित सर्वाधिक ६ विकेट लिए। उनले अन्तिम ओभरमा ४ विकेट लिँदै काठमान्डु गोर्खाजको जित सुनिश्चित गरे। एनपीएलको इतिहासमा ह्याट्रिक लिने उनी पहिलो बलर हुन्। करण केसी र सन्नी पटेलले २–२ विकेट लिए।
त्यसअघि ब्याटिङकाठमान्डु गोर्खाजको लागि बेन चाल्र्सवर्थले सर्वाधिक ६४ रन बनाउँदै क्याच भए। उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

काठमान्डुको पहिलो विकेट आकाश त्रिपाठी डकआउट भए। दोस्रो विकेटको रुपमा वान डाउन आएका रासिद खानको विकेट गयो। तेस्रो विकेट मिलिन्द कुमार १३ रनमा स्टम्पिङ भए। जोन सिम्पसन २ रनमा पोखराका कप्तान कुशल भुर्तेलको हातबाट कट एण्ड बोल्ड भए। आदिल अलामले ७ रन बनाए। भिम सार्कीले ५५ रन बनाए। सन्नी पटेल २ रनमा अविजित रहे।

पोखरा एभेन्जर्सका लागि धनन्जय लक्शनले सर्वाधिक ४ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिँदा विपिन खत्री र किरण ठगुन्नाले १ विकेट लिए।

काठमान्डुले यसअघि ४ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। काठमान्डु गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले हार बेहोरेको थियो। चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन, पाँचाैँ खेलमा चितवन राइनोजलाई ५३ रन र छैटौं खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो।

पोखरको यो छैटौं खेल हो। पोखराले यसअघिको पाँच खेलमा २ जित र ३ हार बेहोरेको छ। पोखरा एभेन्जर्सले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो। चौथो खेलमा पोखरा लुम्बिनी लायन्ससँग ३ विकेटको हार बेहोरेको हो। पाँचौँ खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको हो।

बिहीबारको दोस्रो खेल चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...