मुख्य समाचार
पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमान्डु प्लेअफमा

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत लिग चरणको २३ औँ खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा छनोट भएको छ। पोखरालाई हराएसँगै प्लेअफमा छनोट हुने सुदूरपश्चिम रोयल्सपछि काठमान्डु गोर्खाज दोस्रो टिम बनेको हो।

काठमान्डु गोर्खाजको जितका लागि साहब आलमले अन्तिम ओभरमा ४ विकेट लिँदै काठमान्डुको जित पक्का गरेका हुन्।


त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डु गोर्खाजले निर्धारित २० ओभरमा १६६ रन बनाएको थियो।

काठमान्डु गोर्खाजले दिएको १६७ रनको विजयी लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा १५२ रनमा अलआउट भएको हो।
पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। उनले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। उनले पाँचौँ विकेटका लागि धनन्जय लक्समसँग ७६ रनको साझेदारी गरे।

पोखराका लागि ओपनर तथा कप्तान कुशल भुर्तेलले २२ रन बनाए। अर्का ओपनर एडम रोसिङ्टन ५ रनमा सन्न पटेलको बलमा बोल्ड भए। जेसन रोय १६ धनन्जय लक्ष्शम ३० रनमा पेभेलियन फर्किए। त्यसपछि भने कुनैपनि ब्याटरले ऋषिसँग साझेदारी बनाउन सकेनन्। मध्यक्रमको ब्याटरले रनमा योगदान गर्न नसक्दा पोखराले हार बेहोरेको हो।

काठमान्डु गोर्खाजको लागि बलिङ तर्फ साहब आलमले ह्याट्रिक सहित सर्वाधिक ६ विकेट लिए। उनले अन्तिम ओभरमा ४ विकेट लिँदै काठमान्डु गोर्खाजको जित सुनिश्चित गरे। एनपीएलको इतिहासमा ह्याट्रिक लिने उनी पहिलो बलर हुन्। करण केसी र सन्नी पटेलले २–२ विकेट लिए।
त्यसअघि ब्याटिङकाठमान्डु गोर्खाजको लागि बेन चाल्र्सवर्थले सर्वाधिक ६४ रन बनाउँदै क्याच भए। उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

काठमान्डुको पहिलो विकेट आकाश त्रिपाठी डकआउट भए। दोस्रो विकेटको रुपमा वान डाउन आएका रासिद खानको विकेट गयो। तेस्रो विकेट मिलिन्द कुमार १३ रनमा स्टम्पिङ भए। जोन सिम्पसन २ रनमा पोखराका कप्तान कुशल भुर्तेलको हातबाट कट एण्ड बोल्ड भए। आदिल अलामले ७ रन बनाए। भिम सार्कीले ५५ रन बनाए। सन्नी पटेल २ रनमा अविजित रहे।

पोखरा एभेन्जर्सका लागि धनन्जय लक्शनले सर्वाधिक ४ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिँदा विपिन खत्री र किरण ठगुन्नाले १ विकेट लिए।

काठमान्डुले यसअघि ४ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। काठमान्डु गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिता सुरुवात गरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटले हार बेहोरेको थियो। चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन, पाँचाैँ खेलमा चितवन राइनोजलाई ५३ रन र छैटौं खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको थियो।

पोखरको यो छैटौं खेल हो। पोखराले यसअघिको पाँच खेलमा २ जित र ३ हार बेहोरेको छ। पोखरा एभेन्जर्सले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग १८ रनले पराजित भएको पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गरेको थियो। चौथो खेलमा पोखरा लुम्बिनी लायन्ससँग ३ विकेटको हार बेहोरेको हो। पाँचौँ खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको हो।

बिहीबारको दोस्रो खेल चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम