मुख्य समाचार
जुनारको राजधानी भनेर चिनिएको सिन्धुलीमा पहिलो पटक जुनार प्रवर्द्धनका लागि जुनार मेलाको आयोजना गरिने
जुनारको राजधानी भनेर चिनिएको सिन्धुलीमा पहिलो पटक जुनार प्रवर्द्धनका लागि जुनार मेलाको आयोजना गरिने

: जुनारको राजधानी भनेर चिनिएको सिन्धुलीमा पहिलो पटक जुनार प्रवर्द्धनका लागि जुनार मेलाको आयोजना गरिने भएको छ। गोलन्जोर गाउँपालिकाको आयोजनामा आगामी मंगलबारबाट जिल्लाको गोलन्जोर गाउँपालिका-४ तिनकन्यामा जुनार प्रवर्द्धन मेला सञ्चालन हुने भएको हो। सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले यही मंसिर २३, २४ र २५ गते जुनार प्रवर्द्धन मेलाको आयोजना गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए।
मेलाले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा छ। जुनारको उत्पादन मूल्य, बजारीकरण र कृषक मैत्री नीतिका लागि किसान, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय गर्न मद्दत पुर्‍याउने छ। मेलामा जुनारको व्यवसायीकरण, जुनारमा देखा परेका रोग तथा किराको नियन्त्रणका लागि विज्ञहरूको सुझाव संकलन गरिने छ।


यसका साथै मेलामा जुनार बगैँचा उत्सव, स्थानीय कृषि उपजहरूको प्रदर्शनी, कृषक र कृषि विज्ञ बीच प्राविधिक वार्तालाप, झाँकी सहितको जुनार बगैँचाको अवलोकन, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहने गरी मेलाको तयारी गरिएको छ।



सिन्धुलीको महाभारत क्षेत्रमा पर्ने गोलन्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ्ग जुनार उत्पादनका दृष्टिले पकेट क्षेत्र हुन्। यहाँका किसानले वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: खोटाङ र उदयपुरलाई जोड्ने महत्वपूर्ण यातायात मार्गको रूपमा रहेको सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान गर्ने काम सुरु भएको छ। सुनकोशी नदीको फोक्सिङटार स्थित पक्की पुल बाढीले बगाएपछि खोटाङका धेरै स्थानहरू ‘प्राकृतिक नाकाबन्दी’ झैं अवरुद्ध बनेका थिए। खोटाङका यात्रु, बिरामी तथा आवश्यक सामग्री बोकेका सवारीसाधन सञ्चालनमा ठूलो कठिनाइ उत्पन्न भएको थियो। त्यसैकारण वैकल्पिक संरचना निर्माणको माग ...
: मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले बिहीबार उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । उधौली पर्वले जाडो मौसममा मानिस,जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत पनि गर्दछ । किराँत समुदायले आफूले लगाएको ...
: प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा प्रतिनिधिसभा निर्वाचन गराउन सरकार सम्पूर्ण रुपमा जुटेको बताएका छन्। २२औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले बिहीबार काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्णरुपले तयारीमा जुटेको बताएकी हुन्। उनले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता ...
: नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले पार्टीको महाधिवेशनले केपी शर्मा ओलीलाई नै अध्यक्ष चयन गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अध्यक्ष पदमा करिब सहमति भइसकेको भन्दै यसमा कुनै विवाद नरहेका दाबी गरेका हुन्। जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर एमाले अघि बढेकाले स्थिर नीति र ...
: काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा पटक-पटक दुर्घटना हुन थालेपछि स्थानीय व्यवसायी तथा समाजसेवीहरूले रेलिङ राख्न सुरु गरेका छन्। धोबीखोला करिडोरमा रेलिङ नहुँदा रातको समयमा रुद्रमति पुलनजिक दुर्घटना हुँद आएको र अहिलेसम्म दुई जनाको मृत्युसमेत भएकाले स्थानीय व्यवसायी तथा समाजसेवीहरूले आफ्नै खर्चमा रेलिङ राख्न सुरु गरेका हुन्। पुलनजिकको बाटोमा रेलिङ नभएकाले रातको समयमा झुक्किएर खोलामा खस्ने ...