: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सबैभन्दा ठुलो दलको नेता मुख्यमन्त्री हुँदा यहाँका सांसदहरूले सडकमा नाटक गरेको आरोप लगाएका छन्। बुधबार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुँदा सडकबाट ७ दलका सांसदले सडक नाटक मञ्चन गरेको आरोप लगाएका हुन्।
मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रदर्शन, तोडफोड, राष्ट्रिय झण्डाको अपमान गरिएको आरोप लगाए। उनले भने, ‘नेकपा एमालेसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने अवस्था पनि छैन। संघीयतालाई जोगाउन छाडेर दलको आचरण संघीयता विरोधी भएर तोडफोडमा उत्रिनु सांसदकै बेइज्जत हो।’