मुख्य समाचार
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती नहुने स्पष्ट पारेका छन्
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती नहुने स्पष्ट पारेका छन्

: अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाको बजेट कटौती नहुने स्पष्ट पारेका छन्।
सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरूले आयोजना कटौतीका विषयमा असन्तुष्टि जनाएपछि अर्थमन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका आयोजनाहरूमा बजेट कटौती नहुने स्पष्ट पारेका हुन्।


उनले ग्रामीण तथा प्राथमिक क्षेत्रमा जाने कर्जा प्रभावित भएका कारण तरलता बढेको भन्दै यस्ता समस्या समाधान गर्ने बताए। विपन्न वर्ग र प्राथमिक क्षेत्रमा प्रभावकारी रूपमा जाने कर्जा अव नरोकिने भन्दै तरलता केही कम हुने उनको भनाइ छ।

उनले सरकारको सीमित स्रोतका कारण स्थानीय र प्रदेश सरकारले खर्च गर्न नसकेको रकमलाई संघीय सरकारले उपयोग गरेकाले केही सहज भएको जिकिर गरे।

मन्त्री खनालले सरकारी कोषको दुरुपयोग रोक्न पदाधिकारीको सेवा सुविधा कटौती गरिएको भन्दै यसका कारण पर्ने असरका बारेमा छलफल गर्न सरकार तयार रहेको जिकिर गरे।

बैठकमा समिति सदस्यहरूले आयोजना कटौती, सांसद सेवा सुविधा कटौती लगायतका विषयमा चासो व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले जनतासँग जोडिएको पार्टी भएको बताएका छन्। बुधबार एमाले निकट प्रेस चौतारी नेपालले गरेको सम्वाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले जनताले विश्वास गर्ने बेलासम्म एमाले एक्लो नभएको दाबी गरेका हुन्। पौडेलले भने, ‘जनताले विश्वास गर्ने बेलासम्म हामी अलग्गियौं, एक्लियौं भन्ने मानसिकताबाट निर्देशित हुँदैनौं। हामी जनतासँग जोडिएर अघि बढेको पार्टी हौं, हामी ...
एनआरएनए एकता : विश्वव्यापी नेपालीमा खुसियाली
: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सबैभन्दा ठुलो दलको नेता मुख्यमन्त्री हुँदा यहाँका सांसदहरूले सडकमा नाटक गरेको आरोप लगाएका छन्। बुधबार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुँदा सडकबाट ७ दलका सांसदले सडक नाटक मञ्चन गरेको आरोप लगाएका हुन्। मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएपछि ...
: ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङको संरक्षकत्वमा घोषणा भएको ‘उज्यालो नेपाल पार्टी’ले समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने राजनीतिक एजेन्डा अघि सारेको छ। ‘हालको व्यवस्थाबाट बलियो (प्रत्यक्ष र समानुपातिक मिश्रित निर्वाचन प्रणाली) एवं स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्दछ,’ पार्टी घोषणा पत्रमा ...
: पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गरेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा पार्कमा पालिएका तीन वटा हरिण मृत भेटिएका छन्। पार्क परिसरमा तारजालीले घेरेर राखिएका ६ मध्ये तीन वटा हरिण बुधबार बिहान मृत भेटिएका हुन्। पार्कका कर्मचारीले हरिण मृत अवस्थामा फेला पारेपछि डिभिजन वन र प्रहरीलाई जानकारी गराएका थिए। पार्क सञ्चालक थानीमाई वन ...