मुख्य समाचार
नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई अवरुद्ध रहेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सुरु गर्न अनुमति
नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई अवरुद्ध रहेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सुरु गर्न अनुमति

: नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई अवरुद्ध रहेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सुरु गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासन प्रक्रिया सुरु गर्न अनुमति दिएको हो ।

धितोपत्र बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृतिबमोजिम निवेदक कम्पनीको सेयर निष्कासन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भएअनुसार उक्त कम्पनीको सार्वजनिक निष्कासनसम्बन्धी प्रक्रिया अगाडि बढाउनुहुन जानकारी गराइन्छ ।’


उक्त स्वीकृतिसँगै अब रिलायन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया सुरु भएको छ । रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको थियो ।

संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनिसकेका छन् । नेपाल धितोपत्र बोर्डले २०८० पुसमै रिलायन्सलाई बुक बिल्डिङ पद्धतिबाट आईपीओ निष्कासन गर्नका लागि अनुमति दिएको थियो ।

औद्योगिक घराना गोल्याण ग्रुपको रिलायन्स स्पिनिङ मिल्स २०५४ मा स्थापित भएको थियो । यो उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको बताएको छ । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो । वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा ५ करोड ३ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले जनतासँग जोडिएको पार्टी भएको बताएका छन्। बुधबार एमाले निकट प्रेस चौतारी नेपालले गरेको सम्वाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले जनताले विश्वास गर्ने बेलासम्म एमाले एक्लो नभएको दाबी गरेका हुन्। पौडेलले भने, ‘जनताले विश्वास गर्ने बेलासम्म हामी अलग्गियौं, एक्लियौं भन्ने मानसिकताबाट निर्देशित हुँदैनौं। हामी जनतासँग जोडिएर अघि बढेको पार्टी हौं, हामी ...
एनआरएनए एकता : विश्वव्यापी नेपालीमा खुसियाली
: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सबैभन्दा ठुलो दलको नेता मुख्यमन्त्री हुँदा यहाँका सांसदहरूले सडकमा नाटक गरेको आरोप लगाएका छन्। बुधबार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुँदा सडकबाट ७ दलका सांसदले सडक नाटक मञ्चन गरेको आरोप लगाएका हुन्। मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएपछि ...
: ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङको संरक्षकत्वमा घोषणा भएको ‘उज्यालो नेपाल पार्टी’ले समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने राजनीतिक एजेन्डा अघि सारेको छ। ‘हालको व्यवस्थाबाट बलियो (प्रत्यक्ष र समानुपातिक मिश्रित निर्वाचन प्रणाली) एवं स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्दछ,’ पार्टी घोषणा पत्रमा ...
: पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गरेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा पार्कमा पालिएका तीन वटा हरिण मृत भेटिएका छन्। पार्क परिसरमा तारजालीले घेरेर राखिएका ६ मध्ये तीन वटा हरिण बुधबार बिहान मृत भेटिएका हुन्। पार्कका कर्मचारीले हरिण मृत अवस्थामा फेला पारेपछि डिभिजन वन र प्रहरीलाई जानकारी गराएका थिए। पार्क सञ्चालक थानीमाई वन ...