मुख्य समाचार
निर्धारित मितिमा महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
निर्धारित मितिमा महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्

: नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई निर्धारित मितिमै महाधिवेशन हुने स्पष्ट पारेका छन्। महामन्त्री गगनकुमार थापाले अतिरिक्त प्रस्ताव दर्ज गराएपछि ती पदाधिकारीहरूले सभापति देउवालाई भेटेका हुन्।

भेटमा सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन हुने र कसैले भन्दै विशेष महाधिवेशन नहुने स्पष्ट पारेको स्रोतले जानकारी दिएको छ। 'कसले के भन्दैछ वा कसले के भन्छ भन्ने कुरा अब रहेन। महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ। सोही मितिमा महाधिवेशन हुन्छ। तपाईंहरूमध्ये को सभापतिमा लड्नुहुन्छ, एक जनाको नाम टुंगो लगाउनुस्,' देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।


उनले संस्थापन पक्षका सात भाइलाई सभापतिको उम्मेदवारीका लागि एउटा नाम प्रस्ताव गर्न आग्रह गरेका हुन्। छलफलमा पदाधिकारीहरू महामन्त्री थापामाथि आक्रोशित भएको स्रोतको भनाइ छ। पदाधिकारीजस्तो व्यक्तिले महाधिवेशनको पक्षमा वकालत गर्नुपर्नेमा अझै विशेष महाधिवेशनको रटान लगाएको भन्दै उनीहरूले सभापति देउवासमक्ष गुनासो पोखेको स्रोतले अन्नपूर्णलाई बताए।

'महामन्त्रीले त बैठकले तोकेको कार्यतालिका अनुसार काम गर्ने हो। महाधिवेशनलाई सफल बनाउने हो। अझै महाधिवेशन हुन्छ कि हुँदैन भन्ने कुरामा भ्रम पाल्नु भएन। विशेष महाधिवेशनको रटान लगाउनुभएन,' बैठकमा सहभागी एक पदाधिकारीले भने।

सोमबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ सम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो। बैठकमा महामन्त्री थापाले अतिरिक्त प्रस्ताव दर्ता गराएका थिए। उनले नियमित महाधिवेशन हुन नसके स्वतः विशेष महाधिवेशन हुने रायसहितको प्रस्ताव दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले जनतासँग जोडिएको पार्टी भएको बताएका छन्। बुधबार एमाले निकट प्रेस चौतारी नेपालले गरेको सम्वाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले जनताले विश्वास गर्ने बेलासम्म एमाले एक्लो नभएको दाबी गरेका हुन्। पौडेलले भने, ‘जनताले विश्वास गर्ने बेलासम्म हामी अलग्गियौं, एक्लियौं भन्ने मानसिकताबाट निर्देशित हुँदैनौं। हामी जनतासँग जोडिएर अघि बढेको पार्टी हौं, हामी ...
एनआरएनए एकता : विश्वव्यापी नेपालीमा खुसियाली
: मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सबैभन्दा ठुलो दलको नेता मुख्यमन्त्री हुँदा यहाँका सांसदहरूले सडकमा नाटक गरेको आरोप लगाएका छन्। बुधबार बसेको मधेश प्रदेशसभाको बैठकमा उनले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त हुँदा सडकबाट ७ दलका सांसदले सडक नाटक मञ्चन गरेको आरोप लगाएका हुन्। मुख्यमन्त्री यादवले नेकपा एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएपछि ...
: ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङको संरक्षकत्वमा घोषणा भएको ‘उज्यालो नेपाल पार्टी’ले समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने राजनीतिक एजेन्डा अघि सारेको छ। ‘हालको व्यवस्थाबाट बलियो (प्रत्यक्ष र समानुपातिक मिश्रित निर्वाचन प्रणाली) एवं स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्दछ,’ पार्टी घोषणा पत्रमा ...
: पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गरेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा पार्कमा पालिएका तीन वटा हरिण मृत भेटिएका छन्। पार्क परिसरमा तारजालीले घेरेर राखिएका ६ मध्ये तीन वटा हरिण बुधबार बिहान मृत भेटिएका हुन्। पार्कका कर्मचारीले हरिण मृत अवस्थामा फेला पारेपछि डिभिजन वन र प्रहरीलाई जानकारी गराएका थिए। पार्क सञ्चालक थानीमाई वन ...