मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबीच टेलिफोन वार्ता
प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबीच टेलिफोन वार्ता

: प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा. हरिणी अमरसुरियाबीच टेलिफोन वार्ता भएको छ। उनीहरूबीच बुधबार साँझ सवा ८ बजेबाट करिब ४ मिनेट कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सो क्रममा श्रीलंकाका प्रधानमन्त्री अमरसुरियाले नेपालबाट २ लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएकामा नेपाल सरकारलाई आभार व्यक्त गरिन्। नेपाल सरकारले श्रीलंकामा आएको बाढीमा परी फसेका जनताको उद्धार तथा राहतका लागि दुई लाख अमेरिकी डलर सहयोग प्रदान गरेको थियो।


'हामी कहाँ विपद् परेका बेला सहयोग पठाइदिनुभयो। यसका लागि धन्यवाद छ। आभारी छौं,' श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले टेलिफोन वार्तामा भनिन्।

जवाफमा प्रधानमन्त्री कार्कीले छिमेकी हुनुको नाताले एउटालाई समस्या पर्दा अर्काले साथ दिनुपर्ने बताइन्। 'त्यो हाम्रो कर्तव्य र धर्म नै हो। यो कठिन घडीसँग जुध्नका निम्ति हामी तपाईँहरूसँगै छौं,' प्रधानमन्त्री कार्कीले भनिन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएका थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित छजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसहित ६जना र एक कन्सल्टिङ प्रालिविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ विगो माग गरिएको छ। आयोगले अधिकारीसहित तत्कालीन ...
: प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ जारी छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँचजनाको पूर्ण इजलासमा सुनु्वाइ भइरहेको हो। पूर्ण इजालसमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल,कुमार रेग्मी,हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन्। प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले मंसिर ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति ...
: पराल, भुसजस्ता कृषिजन्य वस्तु बोकेको ट्रकलाई रोकेर ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै किसान, चालक र व्यवसायी आन्दोलित भएका छन्। बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले केही दिनदेखि यस्तो वस्तुको ढुवानीमा अवरोध सिर्जना गरेर दुःख दिएको भन्दै उनिहरु आन्दोलित भएका हुन्। उनीहरूले बुधबार दिउँसो पथलैयास्थित ट्राफिकको प्रदेश स्तरीय कार्यालयको मूल ...
: भारतमा अवैध रूपमा बसोबास गर्दै आएका बंगलादेशी रोहिंग्या समुदायका मानिसहरू नेपालमा गैरकानुनी रूपमा प्रवेश गरिरहेको खबरहरू आउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साको पनि ध्यानाकर्षण भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार एक सूचना जारी गर्दै वीरगन्जसहित जिल्लाका सबै सीमा र नाकाहरूमा सुरकक्षाकर्मीको चेकजाँच र निगरानी बढाइएको जनाएको छ। सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्तिहरू अवैध ...
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान