मुख्य समाचार
हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्त बनाउने घोषणा
हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्त बनाउने घोषणा

: हर्क साम्पाङ अध्यक्ष रहेको श्रम संस्कृति पार्टीले ‘हर्कवाद’लाई पार्टीको मूल सिद्धान्त बनाउने घोषणा गरेको छ। मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको सिद्धान्त हर्कवाद बनाउने घोषणा गरेको हो।

प्रकृति-संस्कृति-प्रविधिको सन्तुलित र समुचित विकासले मानव जगतको रक्षा र उन्नति गर्न सम्भव रहेको बताउँदै अध्यक्ष साम्पाङले श्रमदानलाई आधार बनाएर पार्टीको सिद्धान्त हर्कवाद बनाइएको बताए। हर्क साम्पाङले जारी गरेको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य रहेको उल्लेख छ।


साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने सिद्धान्त अवलम्बन गर्नेछन्, राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग र जातिका हुनुपर्ने सार्वजनिक गरिएको सिद्धान्तमा उल्लेख छ।


त्यस्तै विज्ञहरूको समावेशी मन्त्रिपरिषद् बनाइने र सांसद मन्त्री बनेको खण्डमा सांसद पद निलम्बन गरिने पनि उनको सिद्धान्तमा उल्लेख छ।
त्यस्तै संघात्मक शासन प्रणाली, स्वतन्त्र र निष्पक्ष न्यायपालिका हुने र संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्था रहने सार्वजनिक गरिएको सिद्धान्तमा उल्लेख छ।

त्यस्तै निर्वाचन प्रणाली पूर्ण समानुपातिक र प्रतिनिधिसभामा जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गरिने उनको सिद्धान्तमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतमा अवैध रूपमा बसोबास गर्दै आएका बंगलादेशी रोहिंग्या समुदायका मानिसहरू नेपालमा गैरकानुनी रूपमा प्रवेश गरिरहेको खबरहरू आउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साको पनि ध्यानाकर्षण भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार एक सूचना जारी गर्दै वीरगन्जसहित जिल्लाका सबै सीमा र नाकाहरूमा सुरकक्षाकर्मीको चेकजाँच र निगरानी बढाइएको जनाएको छ। सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्तिहरू अवैध ...
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान
: नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई अवरुद्ध रहेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सुरु गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासन प्रक्रिया सुरु गर्न अनुमति दिएको हो । धितोपत्र बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ ...
: प्रगतिशील लोकतान्त्रिक पार्टीले १८ वर्ष उमेरबाटै जनप्रतिनिधिको उम्मेदवार बन्न र चुनिन पाउने थप कानुन व्यवस्थाको सुनिश्चितता लगायतका माग राख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ। बुधबार सिंहदरबारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएको हो। प्रलोपाले फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित बाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण भन्दै पुनरावेदनका लागि सर्वोच्च अदालत गएको छ । विशेषले यो मुद्दामा तत्कालीन पर्यटन, नागरिक उड्यनमन्त्री जीवनकुमार शाहीसहित नेपाल वायुसेवा निगम सञ्चालक समितिका पदाधिकारी र १४ जना कर्मचारीलाई सफाइ दिइएको थियो भने ४ नेपाली र ७ विदेशी गरी ११ जनालाई मात्रै दोषी ठहर ...