मुख्य समाचार
काठमाडौंको धोबी खोलामा एक जना मृत फेला
काठमाडौंको धोबी खोलामा एक जना मृत फेला

: काठमाडौंको धोबी खोलामा एक जना मृत फेला परेका छ। आज बिहान मदन भण्डारी कलेज नजिक साइकलसहित एक व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी परिसरको सूचना अधिकारी एवम् एसपी पवन कुमार भट्टराईले अन्नपूर्णलाई जानकारी दिए।


उनले भने, ‘भर्खरै मृत अवस्थामा मानिस फेला जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा खटिएको छ, हामीले अनुसन्धान जारी राखेका छौं। अहिले शवको पहिचान हुन सकेको छैन।’


साइकलसहित खोलाको हिलोमा गाडिएको अवस्थामा उनी मृत फेला परेका हुन्। सडकमा यात्रा गरिरहेको उनी साइकलसहित खसेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई अवरुद्ध रहेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सुरु गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासन प्रक्रिया सुरु गर्न अनुमति दिएको हो । धितोपत्र बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ ...
: प्रगतिशील लोकतान्त्रिक पार्टीले १८ वर्ष उमेरबाटै जनप्रतिनिधिको उम्मेदवार बन्न र चुनिन पाउने थप कानुन व्यवस्थाको सुनिश्चितता लगायतका माग राख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ। बुधबार सिंहदरबारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएको हो। प्रलोपाले फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित बाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण भन्दै पुनरावेदनका लागि सर्वोच्च अदालत गएको छ । विशेषले यो मुद्दामा तत्कालीन पर्यटन, नागरिक उड्यनमन्त्री जीवनकुमार शाहीसहित नेपाल वायुसेवा निगम सञ्चालक समितिका पदाधिकारी र १४ जना कर्मचारीलाई सफाइ दिइएको थियो भने ४ नेपाली र ७ विदेशी गरी ११ जनालाई मात्रै दोषी ठहर ...
: सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको पाँच न्यायाधीशको इजलासले बुधबार ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। एमालेले रिटमा अन्तरिम आदेश माग गरे पनि संवैधानिक इजलासले अन्तरिम आदेश भने जारी गरेन। संवैधानिक इजलासले यसअघि दर्ता भएर विचाराधीन रहेका प्रतिनिधिसभा ...
: नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई निर्धारित मितिमै महाधिवेशन हुने स्पष्ट पारेका छन्। महामन्त्री गगनकुमार थापाले अतिरिक्त प्रस्ताव दर्ज गराएपछि ती पदाधिकारीहरूले सभापति देउवालाई भेटेका हुन्। भेटमा सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन हुने र कसैले भन्दै विशेष महाधिवेशन नहुने स्पष्ट पारेको स्रोतले जानकारी दिएको छ। 'कसले के भन्दैछ वा कसले के ...