मुख्य समाचार
विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित
विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।


लुम्बिनी लायन्सका लागि डार्सी सर्टले सर्वाधिक ५७ रन बनाए। उनले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर सुमित महर्जन १० रनमा स्टम्पिङ भए।
सन्दीप जोराको विकेट सन्दीप लामिछानेले लिए। जोराले १५ बलमा २४ रन बनाए। दिलिप नाथ १६ रनमा क्याच भए।
निरोसन डिकवेल्ला २९ र शेर मल्ल १ रनमा अविजित रहे।
विराटनगर किंग्सका लागि सुवास भण्डारीले दोस्रो संस्करणको लागि आफ्नो पहिलो खेलमा २ विकेट लिए। कप्तान सन्दीप लामीछानेले २ विकेट र वसिर अहमदले १ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो।

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा समान २ चौका र २ छक्का प्रहार गरे।

विराटनगरका ओपनरद्वय पावरप्लेमा सस्तैमा आउट हुँदा विराटनगरको ब्याटिङ समस्यामा परेको थियो। जर्ज मुन्से डक आउट र फाफ डु पेल्सिस १२ रनमा पेभेलियन फर्किए। फाफको लागि यो पहिलो खेल थियो। उनलाई लुम्बिनी लायन्सका युवा बलर अभिषेश गौतमले विकेट किपर निरोसन डिकवेल्लाको हातबाट स्टम्पिङ आउट गराए।

साम हेज्जलेटले २७ रन बनाए। नारायण जोशी ५ रनमा शेर मल्लको हातबाट एलबीडब्ल्यू भए। प्रतिश जिसी ११ रनमा रनआउट भए। सातौं विकेट वसिर अहमदको विकेट गयो। उनले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे। साहिल पटेल ३ रनमा रनआउट भए। मर्चेन्ट डी लाङ्गे १० रन र सन्दीप लामिछाने ६ रनमा अविजित रहे।

लुम्बिनी लायन्सका लागि शेर मल्लले ३ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए। जे जे स्मिथ,अभिषेश गौतम र रुविन ट्रम्पलमेनले १–१ विकेट लिए।

विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो। दोस्रो खेलमा काठमान्डु किंग्सलाई ५ विकेट, तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो। चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको थियो। पाँचौं खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो।

लुम्बिनी लायन्सले यस अघिको ५ खेलमध्ये २ जित र ३ हार रहेको छ। पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनी लायन्सले त्यसपछि लागातार ३ खेलमा हार बेहोर्‍यो। दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेट, काठमान्डु गोर्खाजसँग २२ रन र चौथो खेलमा सुदुरपश्चिम रोयल्ससँग ७ विकेटको हार बेहोरेको थियो। पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको थियो।

बिहीबार २ खेल छ। पहिलो खेल पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजको छ। पहिलो खेल ११ः४५ र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजको खेल दिउँसो ४ बजे हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले‌ फुलहमलाई पराजित गरेको छ । ९ गोल भएको खेलमा सिटी ५-४ गोलअन्तरले विजयी भएको हो । सिटीको जितमा फिल फोडेनले २ गोल गरे भने एर्लिङ हालान्ड र तिजानी रेइन्दर्सले एक-एक गोल गर्दा एक गोल उपहार पायो । फुलहमका सामुयल चुकुजेले २ गोल गर्दा एमिले स्मिथ रोवी ...
। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे । खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले ...
। म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् । उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ ...
। इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ । नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी हुआङले चाइनिज ताइपेइका लागि गोल गरेकी थिइन् । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो ...
। एडम रोसिङटनको शतक मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । पोखराले दिएको २०२ रनको उच्च लक्ष्य पछ्याएको कर्णालील याक्सले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । पाँच खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक ...