मुख्य समाचार
विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित
विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित

: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।


लुम्बिनी लायन्सका लागि डार्सी सर्टले सर्वाधिक ५७ रन बनाए। उनले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर सुमित महर्जन १० रनमा स्टम्पिङ भए।
सन्दीप जोराको विकेट सन्दीप लामिछानेले लिए। जोराले १५ बलमा २४ रन बनाए। दिलिप नाथ १६ रनमा क्याच भए।
निरोसन डिकवेल्ला २९ र शेर मल्ल १ रनमा अविजित रहे।
विराटनगर किंग्सका लागि सुवास भण्डारीले दोस्रो संस्करणको लागि आफ्नो पहिलो खेलमा २ विकेट लिए। कप्तान सन्दीप लामीछानेले २ विकेट र वसिर अहमदले १ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो।

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा समान २ चौका र २ छक्का प्रहार गरे।

विराटनगरका ओपनरद्वय पावरप्लेमा सस्तैमा आउट हुँदा विराटनगरको ब्याटिङ समस्यामा परेको थियो। जर्ज मुन्से डक आउट र फाफ डु पेल्सिस १२ रनमा पेभेलियन फर्किए। फाफको लागि यो पहिलो खेल थियो। उनलाई लुम्बिनी लायन्सका युवा बलर अभिषेश गौतमले विकेट किपर निरोसन डिकवेल्लाको हातबाट स्टम्पिङ आउट गराए।

साम हेज्जलेटले २७ रन बनाए। नारायण जोशी ५ रनमा शेर मल्लको हातबाट एलबीडब्ल्यू भए। प्रतिश जिसी ११ रनमा रनआउट भए। सातौं विकेट वसिर अहमदको विकेट गयो। उनले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे। साहिल पटेल ३ रनमा रनआउट भए। मर्चेन्ट डी लाङ्गे १० रन र सन्दीप लामिछाने ६ रनमा अविजित रहे।

लुम्बिनी लायन्सका लागि शेर मल्लले ३ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए। जे जे स्मिथ,अभिषेश गौतम र रुविन ट्रम्पलमेनले १–१ विकेट लिए।

विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो। दोस्रो खेलमा काठमान्डु किंग्सलाई ५ विकेट, तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो। चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको थियो। पाँचौं खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो।

लुम्बिनी लायन्सले यस अघिको ५ खेलमध्ये २ जित र ३ हार रहेको छ। पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनी लायन्सले त्यसपछि लागातार ३ खेलमा हार बेहोर्‍यो। दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेट, काठमान्डु गोर्खाजसँग २२ रन र चौथो खेलमा सुदुरपश्चिम रोयल्ससँग ७ विकेटको हार बेहोरेको थियो। पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको थियो।

बिहीबार २ खेल छ। पहिलो खेल पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजको छ। पहिलो खेल ११ः४५ र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजको खेल दिउँसो ४ बजे हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...