मुख्य समाचार
रोजगारीका लागि जापान जाने नेपाली ठगिने क्रम बढ्दो
रोजगारीका लागि जापान जाने नेपाली ठगिने क्रम बढ्दो

। पछिल्लो समय वैदेशिक रोजगारीका लागि जापान जाने नेपाली ठगीमा पर्ने गरेको पाइएको छ । नेपालबाट काममा लगाइदिने भन्दै जापानमा अलपत्र पार्ने गरेको पाइएको हो ।

जापानको ठगीको विषय सरकारी निकायमा त्यति धेरै नआएपनि विभिन्न संघ संस्था तथा उद्धारकर्ताहरूले यो समस्या दिनप्रतिदिन बढ्दै गएको जनाएका छन् ।

व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने र काम नपाएपछि बिचल्ली हुने घटना दिनप्रतिदिन आइरहेको वैदेशिक रोजगार उद्धार नेपालले जनाएको छ । उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले अचेल दैनिक ३/४ वटा कल जापानमा ठगीमा परेको भनेर आउने गरेको बताए ।

‘हरेक दिन ३/४ वटा कल आउँछ । हामी समस्यामा पर्‍यौं, खान र बस्न समेत पाएनौं, उद्धार गरिदिनुपर्‍यो भनेर ह्वाट्सएप तथा मोबाइलमा कल आउँछ’ उनले भने । वर्किङ भिसामार्फत कुकको काममा जाने नेपाली समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

नेपालका एजेन्ट तथा ट्राभल कम्पनीहरूले जापानका होटलहरूमा काम लगाइदिने भन्दै नेपाली पठाउने गरेका छन् । जापानमा बस्ने नेपालीले नै खोलेका होटलमा काम लगाइदिने भन्दै एजेन्टहरूले १० देखि २० लाख रूपैयाँसम्म लिने र जापान पुगेपछि बिचल्लीमा पार्ने गरेको अध्यक्ष गोलेको भनाइ छ ।

‘जापानमा बस्ने नेपालीहरूले होटल खोलेका हुन्छन् । अनि सिप, भाषा नजानेका जान खोज्छन् । भाषा सिकेर गएको भए त अन्य होटलहरूमा समेत काम गर्न सजिलो हुन्थ्यो नि,’ गोलेले भने, ‘भाषा नै नजानेपछि अन्य देशका नागरिकको होटलमा काम पाइँदैन, त्यसपछि बिचल्ली हुने र उद्धार गरिदिनुपर्‍यो भनेर आउँछन् ।’

बाहिरको सडकमा भौतारिरहेको अवस्थामा समेत उद्धार गरिएको अध्यक्ष गोलेको भनाइ छ । ‘काम नपाएकाहरू सडकमा बिचल्ली अवस्थामा बस्ने गरेका छन्’ उनले भने, ‘काम नपाएपछि पैसा हुँदैन, त्यसपछि सडकमा भौतारिहेर बस्नुपर्ने अवस्था आउँदो रहेछ ।’

पाल्पाका हरि शर्मा (परिवर्तित नाम) सात महिना अगाडि जापान पुगेका थिए। एक एजेन्टलाई १२ लाख ६० हजार रूपैयाँ बुझाएर जापान पुगेका उनले सात महिनासम्म काम पाएनन् । आफूलाई बिचल्ली बनाएको भन्दै उनी केही दिन अघि मात्रै नेपाल फर्किएका छन् । कुकको कामको लागि जापान गएका उनी केही काम नपाएपछि घर फर्किएका हुन् ।

यतिबेला उनले पैसा लिएर जापान पठाउने एजेन्टविरुद्ध उजुरी दिएका छन् ।

त्यस्तै रामेछापका रामबहादुर अधिकारी (परिवर्तित नाम) वैदेशिक रोजगारीका लागि जापान पुगे । जापान गएपछि ६ महिनासम्म कुनै काम नपाएपछि उनी हालै नेपाल फर्किएका छन् ।

एजेन्टलाई १८ लाख रूपैयाँ तिरेर जापान पुगेका उनले ६ महिनासम्म काम नपाएपछि अलपत्र परेका थिए । त्यसपछि घर परिवारको सहयोगमा उनी नेपाल फर्किएका हुन् ।

वैदेशिक रोजगार विभागले भने जापानमा त्यस्तो खालको समस्या भएकाहरू कमै आउने गरेको जनाएको छ । विभागका निर्देशक टिकाराम ढकालका अनुसार जापान जाने क्रममा ठगीमा परेको भन्दै उजुरी गर्न आउनेहरू एकदमै न्यून रहेको बताए । ‘ठगीमा परेको भन्दै निवेदन दिनेहरू आउँछन । तर, जापानको त्यतिधेरै केस छैन्,’ निर्देशक ढकालले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नलिञ्चोक हेलिप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै रहने भएका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो । आज समय अभावका कारण इजलासकै आदेश अनुसार उनीहरूलाई हिरासतमा राखिने विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए । उनका ...
। नेपाली कांग्रेसका नेता नैनसिंह महरले नयाँ मुभमेन्टबाट हुने परिवर्तन जनताको अधिकार भएको टिप्पणी गरेका छन् । नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा निहीत छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गरे । ‘संविधानमा लेखिएको छ– सार्वभौमसत्ता जनतामा निहीत । त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन कि जनतामा हुन्छ । ...
। जेनजी आन्दोलनका क्रममा प्रहरी कर्मचारीमाथि कुटपिट गर्नुका साथै धनमाल लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२० चिकामुगलका ४१ वर्षीय निरज चित्रकार र काठमाडौं महानगरपालिका-१० का ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् । २४ भदौको प्रदर्शनमा उनीहरूले काठमाडौं महानगरपालिका-२४ स्थित विशालबजारमा खटिएका प्रहरी कर्मचारीमाथि कुटपिट गरेको प्रहरीको आरोप छ । काठमाडौं महानगरपालिका-२० ...
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘तपाईं आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार हो ?’ प्रस्तोता निमेष बन्जाडेले सोधेको प्रश्नको जवाफमा थापाले भनेका छन्, ‘त्यसमा त कुनै डाउट नै भएन नि !’ कांग्रेस महाधिवेशनको मिति घोषणा भएपनि ...
। नेकपा एमालेको एघारौं महाधिवेशनका लागि दाङबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा देखिएको विवाद बढेर गएको छ । पार्टी विधान र लोकतान्त्रिक प्रक्रिया पूरा नगरी प्रतिनिधि छनोट गरिएको भन्दै १९ नेताले संगठन विभागमा उजुरी दिएका छन् । उनीहरूले यसअघिको प्रतिनिधि छनोट बदर गरी नयाँ प्रक्रिया थाल्न माग गरेका छन् । एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङबाट गत ...