मुख्य समाचार
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने

। नलिञ्चोक हेलिप्याड निर्माणको क्रममा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमै रहने भएका छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो । आज समय अभावका कारण इजलासकै आदेश अनुसार उनीहरूलाई हिरासतमा राखिने विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।

उनका अनुसार, अब शुक्रबार मात्रै उनीहरूको बयान र थुनछेक बहस हुनेछ । ‘आज ढिलोगरी अभियोगपत्र दायर भएको हुनाले उहाँहरूको बयान तथा थुनछेक गर्ने कार्य समय अभावले नभ्याइने हुँदा पर्सि शुक्रबारमात्रै हुनेछ,’ उनले भने ।

उनका अनुसार महानिर्देशक अधिकारी र निर्देशक भण्डारीलाई बुधबार आरोपपत्रसहित अदालत उपस्थित गराइएको थियो । अख्तियारले उनीहरू दुई जनासहित अन्य पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा दायर गरेको छ ।

अन्य पाँच जनाको हकमा भने अदालतबाटै म्याद जारी गरि कानुन बमोजिम गरिपाउँ भनी आरोपपत्र तयार भएको उनले जानकारी दिए ।

‘इजलासको आदेशले नै अख्तियारले नै हिरासतमा राख्छ । शुक्रबार उहाँहरूलाई उपस्थित गराएर बयान तथा थुनछेक बहस हुन्छ,’ प्रवक्ता लामिछानेले भने ।

भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले उनीहरूविरुद्ध अभियोगपत्र दायर गरेको हो ।

अधिकारी सहित क्यानका निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक निर्देशक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी कायम गरिएको छ ।

कूल १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो कायम गरि मुद्दा दायर भएको उनले बताए ।

भक्तपुरको नलिन्चोकमा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा पनि उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पछिल्लो समय वैदेशिक रोजगारीका लागि जापान जाने नेपाली ठगीमा पर्ने गरेको पाइएको छ । नेपालबाट काममा लगाइदिने भन्दै जापानमा अलपत्र पार्ने गरेको पाइएको हो । जापानको ठगीको विषय सरकारी निकायमा त्यति धेरै नआएपनि विभिन्न संघ संस्था तथा उद्धारकर्ताहरूले यो समस्या दिनप्रतिदिन बढ्दै गएको जनाएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर जापान जाने र काम नपाएपछि बिचल्ली ...
। नेपाली कांग्रेसका नेता नैनसिंह महरले नयाँ मुभमेन्टबाट हुने परिवर्तन जनताको अधिकार भएको टिप्पणी गरेका छन् । नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा निहीत छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गरे । ‘संविधानमा लेखिएको छ– सार्वभौमसत्ता जनतामा निहीत । त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन कि जनतामा हुन्छ । ...
। जेनजी आन्दोलनका क्रममा प्रहरी कर्मचारीमाथि कुटपिट गर्नुका साथै धनमाल लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२० चिकामुगलका ४१ वर्षीय निरज चित्रकार र काठमाडौं महानगरपालिका-१० का ४० वर्षीय राजकुमार क्षेत्री रहेका छन् । २४ भदौको प्रदर्शनमा उनीहरूले काठमाडौं महानगरपालिका-२४ स्थित विशालबजारमा खटिएका प्रहरी कर्मचारीमाथि कुटपिट गरेको प्रहरीको आरोप छ । काठमाडौं महानगरपालिका-२० ...
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘तपाईं आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार हो ?’ प्रस्तोता निमेष बन्जाडेले सोधेको प्रश्नको जवाफमा थापाले भनेका छन्, ‘त्यसमा त कुनै डाउट नै भएन नि !’ कांग्रेस महाधिवेशनको मिति घोषणा भएपनि ...
। नेकपा एमालेको एघारौं महाधिवेशनका लागि दाङबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा देखिएको विवाद बढेर गएको छ । पार्टी विधान र लोकतान्त्रिक प्रक्रिया पूरा नगरी प्रतिनिधि छनोट गरिएको भन्दै १९ नेताले संगठन विभागमा उजुरी दिएका छन् । उनीहरूले यसअघिको प्रतिनिधि छनोट बदर गरी नयाँ प्रक्रिया थाल्न माग गरेका छन् । एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङबाट गत ...