मुख्य समाचार
बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश
बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश

दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ ।

यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो ।

देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग नगर्न निर्देशन दिन पनि माग गरेका थिए ।

न्यायाधीश मनमीत प्रीतमसिंह अरोराले अन्य सेलिब्रेटीलाई अदालतले पहिले दिएको जस्तै सुरक्षाको लागि आदेश दिएका हुन् । यो आदेशपछि अभिनेता देवगनलाई व्यक्तित्व सुरक्षा अधिकारबारे राहत मिलेको छ ।

देवगनले उजुरीमा आफू ‘विमल, लखानी, अमूल कम्फी, पुष्प, डाबर बाबूल’ जस्ता विभिन्न ब्रान्डसँग सम्बन्धित रहेको र “परिवारमैत्री व्यक्तित्व“ भएको दाबी गरेका छन् ।

उनले आफ्नो नाम र व्यक्तित्वको दुरुपयोग गरेको आरोप लगाएका संस्थामा देवगनको उपस्थिति बुक गरेको दाबी गर्ने एउटा प्लेटफर्म समावेश छ । साथै, अनधिकृत र अप्रिय खालका एआईबाट सामग्री सिर्जना गर्ने’ युट्युब च्यानल र फेसबुकका फ्यान क्लब पृष्ठ समावेश छन् ।

देवगनले उच्च अदालतसमक्ष आफ्नो व्यक्तित्व र प्रचार अधिकार सुरक्षित गर्न माग गरेका हुन्, जसमा उनको नामजस्तो मिल्दोजुल्दो, ‘अजय वीरू देवगन’ वा ‘अजय वीरू देवगन’लाई सुरक्षित राख्नु रहेको छ ।

देवगनले एआईबाट सिर्जना गरिएका डीपफेक पोर्नोग्राफिक सामग्रीप्रति पनि रिपोर्ट गरेका छन्, जसले उनको प्रतिष्ठानलाई हानी पुर्‍याइरहेको छ ।

न्यायाधीश अरोराले देवगनका वकिललाई अनुपयुक्त वा अप्रिय सामग्री प्लेटफर्ममा प्रकाशित गरेपछि युट्युब वा गुगलमा विरोध दर्ता गरेका छन् कि छैनन् भनेर सोधेका थिए । जवाफमा उनले प्लेटफर्महरूले प्रायः अदालतको आदेश माग्ने गरेको बताएका थिए ।

पछिल्लो समय बलिउड सेलिब्रेटीले अदालतबाट व्यक्तित्व सुरक्षाको माग गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...