। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन संयोजन समिति गठन गरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाही संयोजक रहेको चार सदस्यीय संयोजन समिति गठन गरिएको हो ।
राप्रपाको धारणा देशभर पुर्याउन, सभा, विरोध प्रदर्शनको व्यवस्थापन गर्न केन्द्रीय संयोजन समिति बनाएको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयोजन समितिका अन्य सदस्यहरुमा प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री धनबहादुर बुढा र सहमहामन्त्री रविन्द्र प्रताप शाह छन् ।