मुख्य समाचार
बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले प्रधानमन्त्रीलाई विभिन्न सुझाव समेटेर ज्ञापनपत्र बुझाएको छ
बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले प्रधानमन्त्रीलाई विभिन्न सुझाव समेटेर ज्ञापनपत्र बुझाएको छ

। बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले प्रधानमन्त्री शुशिला कार्कीलाई विभिन्न सुझाव समेटेर ज्ञापनपत्र बुझाएको छ। आयोजनाको काम प्रभावकारी रुपमा अघि बढ्न नसकेका बेला समितिले विभिन्न सुझावसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

तत्कालै बूढीगण्डकी जलविद्युत् विकास कम्पनीमार्फत आयोजना विकासको टेन्डर निकाल्न लाग्नुपर्ने सुझाव समितिले दिएको छ । त्यस्तै अहिलेको बूढीगण्डकी जलविद्युत् विकास कम्पनीलाई भविष्यमा अनुसूची १ मा दिइए अनुरूपका संरचना रहनेगरी अधिकार र साधनस्रोत सम्पन्न बूढीगण्डकी करिडोर विकास प्राधिकरणमा रूपान्तरण गर्न सकिनेगरी अगाडि बढाउनुपर्ने समितिको सुझाव छ ।

त्यस्तै आयोजनाको प्रस्तावित जलाशय बाहिर चक्रपथ र व्यवस्थित शहर निर्माण गरी डुबान क्षेत्रका बासिन्दालाई त्यहीं पुनर्बासको व्यवस्था गर्नुपर्ने, आयोजना पूरा नहुन्जेल डुबान क्षेत्रका सडक लगायतका पूर्वाधारको मर्मतसम्भार गर्नुपर्ने, आयोजना प्रभावित नागरिकसँग सम्बन्धित जायज मागलाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने सुझाव समितिले दिएको छ ।

बूढीगण्डकी बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवमा अग्रपङ्क्तिमा रहेको एक आयोजना भएकाले यसको बेवास्ता गर्न नहुनेमा समितिको जोड छ ।

‘पोखराको फेवाताल भन्दा १५ गुणा ठूलो जलाशय बन्न जाने भएकोले यो ठाउँलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिन्छ’ समितिले भनेको छ ‘नेपालको २४ जिल्ला भएर जाने पुष्पलाल मध्य पहाडी लोकमार्गले पूर्वदेखि पश्चिमसम्मका मुलुकका मुख्य ठाउँ तथा उत्तर–दक्षिण करिडोरले उत्तरमा चीन र दक्षिणमा भारतसँग यो क्षेत्रलाई जोड्ने भएकाले बूढीगण्डकी करिडोरलाई मुलुकको एक गतिशील आर्थिक केन्द्र र हरित विकासको मोडलका रूपमा विकास गर्न सकिन्छ ।’

त्यस्तै सरोकार समितिले आयोजना प्रभावित जनताका मागहरूबारे पनि प्रष्ट्याएको छ । आयोजनामा स्थानीय बासिन्दाको सेयर स्वामित्व रहने गरी नेपाली लगानीमा निर्माण तत्काल सुरु गर्नुपर्ने, आयोजना पूरा नहुन्जेल डुबान क्षेत्रका सडक लगायतका पूर्वाधारहरूको मर्मत सम्भार गर्नुपर्ने, डुबान क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गर्दा गोरखा र धादिङको मुआब्जा निर्धारण समितिले ५ रोपनी भन्दा कम जग्गा हुनेलाई १५ प्रतिशत र १० रोपनी भन्दा कम हुनेलाई १० प्रतिशत मुआब्जा थप गर्ने लगायतका विभिन्न बुँदामा निर्णय गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गरेकाले ती बुँदा मन्त्रिपरिषद्‌बाट तत्काल निर्णय गरिनुपर्ने सुझाव समेटिएको छ ।

ऐलानी जग्गामा बसोबास गरेका र सुकुम्बासीलाई भोगचलन गरिरहेको जग्गाको मुआब्जा निश्चित मापदण्ड बनाएर दिनुपर्ने, भोगचलनका क्रममा किसिम परिवर्तन भएका जग्गाको हाल कायम रहेको किसिम अनुसार नै मुआब्जा पाउने व्यवस्था गर्नुपर्ने सुझाव ज्ञापनपत्रमा समेटिएको छ ।

दर्ता छुट भएका जग्गाको मुआब्जा हाल भोगचलन गरिरहेका जग्गाधनीलाई दिइनुपर्ने, मुआब्जा वितरण गर्दा जग्गाधनीसँग लिएको पूँजीगत लाभकर फिर्ता गर्नुपर्ने सुझाव समेटिएको छ । पुनर्बासको लागि छुट्याइको जग्गा यथावत कायम राखिनुपर्ने सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्राफिक प्रहरी कार्यालय पथलैया अगाडि ट्रक चालकहरूको धर्ना
। मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भासिएको थियो । भासिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक ...
। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । महासचिवको पद आफूले दशौं महाधिवेशनमा नै छाडिसकेको र अध्यक्षमा केपी शर्मा ओलीलाई नै समर्थन गरिरहेको उनको प्रष्टोक्ति छ । ‘म महासचिवको उम्मेदवार होइन । ...
। निर्वाचन आयोगमा विभिन्न ३३ वटा दलले गत आर्थिक वर्षको आय-व्यय विवरण बुझाएका छन्। गत आर्थिक वर्षमा आयोगमा अद्यावधिक रहेका दलको संख्या १२२ थियो । त्यसमध्ये ३३ वटा दलले आय-व्यय विवरण बुझाएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। बुझाउन बाँकी दलहरूमा नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएका दलहरू ( ...
। राष्ट्रिय स्वतन्त्र पार्टी छोडेकी नेतृ सुमना श्रेष्ठले आफू एकता प्रक्रियाको अभियानमा रहेको प्रष्टोक्ति दिएकी छिन् । बुधबार उज्यालो नेपाल पार्टीको घोषणासभामा पुगेकी उनले यसबारे प्रष्ट पारेकी हुन् । उनले आफू पछिल्लो समय नयाँ राजनीतिक दलहरूको पक्षमा रहेको बताइन् । ‘सुमना कहाँ छ भनेर सोध्ने गरिएको छ । म एकतामा छु,’ उनले भनिन् । रास्वपा छोडेपछि उनी उज्यालो ...