मुख्य समाचार
देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको
देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको

। उज्यालो नेपाल पार्टी घोषणा सभाका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्वपूर्ण कुरा भएको बताएका छन् ।

२००७ सालयताको ७५ वर्षमा अनेकपटक विचार र प्रणालीहरू परिवर्तन भए पनि देशमा आर्थिक विकास हुन नसकेको चर्चा गर्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको बताए ।

‘हामीले ७५ वर्षमा धेरै राजनीतिक परिवर्तन हेर्‍यौं । राजनीतिक परिवर्तन गर्न हाम्रा नेताहरू सफल देखिनुभयो । तर, आर्थिक क्रान्तिमा असफल बन्नुभयो,’ उनले भने, ‘राजनीतिमा ठूलठूलो भाषण गर्न सक्ने व्यक्ति विकासको नेतृत्व गर्न असफल हुँदै आए । परिणाममुखी राजनीतिक कसैले गरेनन् ।’

उनले २००७ आसपासको समयमा नेपालसँगै भारत र चीनमा राजनीतिक परिवर्तन भएको बताउँदै ७५ वर्षमा उनीहरूले निकै ठूलो आर्थिक विकास गरेको चर्चा गरे ।

‘२००७ सालमा नेपालमा राजनीतिक परिवर्तन आयो । भारत र चीनमा पनि ठूला राजनीतिक परिवर्तन आए । ७५ वर्षमा चीनले आफ्नो जीडीपीको ३५० गुणा र भारतले १५० गुणा वृद्धि गरिसकेको छ,’ उनले भने, ‘नेपालले ७५ वर्षमा ७५ गुणा मात्र वृद्धि गर्न सक्यो । यहीँनेर हामी चुक्यौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
१६ वर्ष पुगेपछि काम गर्न पाउने कानुन बनाउनुपर्छ
ट्राफिक प्रहरी कार्यालय पथलैया अगाडि ट्रक चालकहरूको धर्ना
। मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भासिएको थियो । भासिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक ...
। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे अहिले बोल्ने कुरा राम्रो नहुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । महासचिवको पद आफूले दशौं महाधिवेशनमा नै छाडिसकेको र अध्यक्षमा केपी शर्मा ओलीलाई नै समर्थन गरिरहेको उनको प्रष्टोक्ति छ । ‘म महासचिवको उम्मेदवार होइन । ...
। निर्वाचन आयोगमा विभिन्न ३३ वटा दलले गत आर्थिक वर्षको आय-व्यय विवरण बुझाएका छन्। गत आर्थिक वर्षमा आयोगमा अद्यावधिक रहेका दलको संख्या १२२ थियो । त्यसमध्ये ३३ वटा दलले आय-व्यय विवरण बुझाएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। बुझाउन बाँकी दलहरूमा नेपाली कम्युनिस्ट पार्टीमा एकीकृत भएका दलहरू ( ...