मुख्य समाचार
कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनमा आफ्नो नाम, फोटो र शैक्षिक उपाधि प्रयोग गर्न थालेपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई चेतावनी
कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनमा आफ्नो नाम, फोटो र शैक्षिक उपाधि प्रयोग गर्न थालेपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई चेतावनी

। मेडिकल काउन्सिलमा दार्तावाला चिकितसकले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार प्रयोजनमा आफ्नो नाम, फोटो र शैक्षिक उपाधि प्रयोग गर्न थालेपछि नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई चेतावनी दिएको छ ।

काउन्सिलले चिकित्सकको परिचयलाई व्यवसायिक प्रयोजनमा प्रयोग गर्नु पेशागत आचारसंहिता विपरीत हुने स्पष्ट पार्दै यस्तो क्रियाकलाप तत्काल रोक्न आग्रह गरेको हो ।

काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि चिकित्सकलाई कम्पनीको प्रचार गर्ने गरी बोर्ड, ब्यानर, पोस्टर, डिजिटल साइनबोर्ड वा ब्रान्डेड सामग्रीमा आफ्नो नाम–फोटो राख्न कानूनत: निषेध छ । यस्तो कार्य ‘कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट २०१७’ विपरीत हुन्छ ।’

यस्ता गतिविधि जारी रहेमा ‘कोड अफ इथिक्स एण्ड प्रोफेसनल कन्डक्ट २०१७’ को बुँदा नं. ९ बमोजिम कारबाही गरिने काउन्सिलले जनाएको छ ।

काउन्सिलले सबै चिकित्सकलाई पेशागत मर्यादा, आचारसंहिता र दायित्वअनुसार व्यावसायिक प्रवर्द्धनबाट टाढा रहन र अनधिकृत प्रचारप्रसारमा संलग्न नहुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्राडा. गणेश योञ्जनले उज्यालो नेपाल पार्टीको भविष्यसँग नेपाली जनताको भविष्य जोडिएको बताएका छन् । उज्यालो नेपाल पार्टी घोषणासभालाई सम्बोधन गर्दै उनले यो पार्टीलाई असफल हुने छुट नभएको बताएका हुन् । ‘मलाई आज नयाँ युगको प्रारम्भ हुन लागेको हो कि भन्ने मलाई अनुभूति भइराखेको छ,’ उनले भने, ‘नेपाली माटोको सुगन्ध भएको पार्टी घोषणा भएको छ । यो ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेलले अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापित गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । अपांगता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा आयोजित प्रभातफेरीपछि सभालाई सम्बोधन गर्दै मन्त्री खरेलले सो धारणा राखेका हुन् । वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि अपांग महासंघसँग छलफल गर्दै आवश्यक ऐन कानून निर्माण ...
। गत २३ भदौमा नयाँ बानेश्वरमा १९ वर्षीय श्रेयम (श्रीराम) चौलागाईंको प्रहरीको गोलीबाट ज्यान गयो । व्यवस्थापन संकाय लिएर कक्षा १२ मा पढिरहेका उनी कलेज पोशाकमै रक्ताम्य भएर ढलेका थिए । भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने माग राखेर जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनमा प्रहरीले दमन गर्दा चौलागाईं जस्ता धेरै विद्यार्थीले अनाहकमा ज्यान गुमाए ...
। सदनमा पदबाट राजीनामा घोषणा गरेका मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष उनले राजिनामा पत्र बुझाएका हुन् । सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै उनले राजीनामा दिएका हुन् । ‘सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा ...
। ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन् । उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री पद पाएको भन्दै त्यसलाई अवसरकै रुपमा बुझेको पनि बताए । ‘करिब ७ ८ महिना सरकार र कुलमान घिसिङको ठूलो झगडा ...