मुख्य समाचार
सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह
सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह

। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् ।

पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई पिट्ने, हिर्काउने र टुट्ने गरि यातना दिने गरिन्छ ।’

यस्तो कार्यक्रम बन्द गर्न उनको आग्रह छ । भन्छिन्, ‘नेपालले यस कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले हात्तीहरूलाई अस्वभाविक क्रियाकलाप गराउन बाध्य पार्ने अभ्यासको अन्त गर्नैपर्छ ।’

लियोनीको उक्त अभिव्यक्तिलाई पेटा एसियाले सामाजिक सञ्जालमार्फत सेयर गरेको छ । ‘बलिउड स्टार सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । सबैजना मिलेर चितवन हात्ती महोत्सवलाई करुणा, शिक्षा र विस्मयको उत्सवमा रुपान्तरण गरौँ’ पेटा एसियाले लेखेको छ ।

गतवर्ष बलिउड स्टार जोन अब्राहमले चितवनको हात्ती महोत्सवमा पशुमाथि हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेका थिए ।

अभिनेत्री लियोनीको कुरा गर्दा, उनी पशु अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् । सन् २०१६ मा उनलाई पेटा एसियाले पशुको अधिकारको बारेमा वकालत गरेबापत ‘वर्ष व्यक्ति’ को रुपमा घोषणा गरेको थियो ।

उनले पेटा इन्डियाले आयोजना गर्ने शाकाहारी जीवन प्रवर्धन, भुवाविरोधी सन्देश तथा कुकुर- बिरालोको बन्ध्याकरण गर्न नहुनेजस्ता अभियानमा समर्थन जनाउँदै आएकी छन् ।

‘चितवन हात्ती महोत्सव’ वर्षेनी डिसेम्बर २६ देखि ३० सम्म सौराहमा आयोजना हुन्छ । विगतमा हात्ती दौड, पोलो र हात्ती ब्युटी पेजेन्ट कार्यक्रम संचालन हुने गर्थे । यसवर्ष पनि हात्ती महोत्सव हुने तयारी भैरहँदा पेटा एसियाले चासो देखाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...
। पपस्टार विकेन्डले सांगीतिक इतिहास रचेका छन् । उनको सांगीतिक टूर ‘आफ्टर आवर्स टिल डन’ ले १ अर्ब अमेरिकी डलरभन्दा धेरै कमाइ गरेको छ । कुनै पुरुष एकल कलाकारको टूरले गरेको यो अहिलेसम्मकै सर्वाधिक कमाइ हो । बिलबोर्ड म्यागजिनका अनुसार मेक्सिको, ब्राजिल, युरोप र बेलायतमा गायक-गीतकारले सन् २०२६ मा गर्न लागेका कन्सर्टमा अहिलेसम्म ७५ लाखभन्दा धेरै टिकट ...
। हलिउड स्टार टम क्रुजले ४ दशक लामो फिल्म करिअरमा पहिलोपटक अस्कर अवार्ड प्राप्त गरेका छन् । फिल्ममा पुर्‍याएको योगदानको सम्मान गर्दै उनलाई अमेरिकी समयानुसार आइतबार राती १६ औं गभर्नस अवार्ड्स प्रदान गरिएको छ । यो अवार्ड मानार्थ अस्कर हो । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजद्वारा आयोजित समारोहमा अभिनेता क्रुजलाई पुरस्कार प्रदान गरियो । अवार्ड लिन ...