मुख्य समाचार
नेपाल धितोपत्र बोर्डले उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति
नेपाल धितोपत्र बोर्डले उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति

। नेपाल धितोपत्र बोर्डले उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्दै रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले मंगलबार आईपीओ निष्कासनको अनुमति दिएसँगै अब रिलायन्सको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया सुरु भएको छ ।

आईपीओ रोक्कासम्बन्धी विवादमा उच्च अदालत पाटनले रिलायन्सको पक्षमा परमादेशको आदेश दिएको थियो । बोर्डले सोही आधारमा आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो ।

धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको सेयर निष्कासन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकासा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडि बढाउनु हुन जानकारी गराइन्छ ।’

रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०.८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९ सय १२ रुपैयाँका दरले आईपीओ किनिसकेका छन् ।


रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्यान ग्रुपको अभिन्न अंग हो । २०५४ मा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको छ । कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१र८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो ।

वित्तीय विवरणमा रिलायन्सको खुद नाफामा ८ सय ४५ प्रतिशत वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८०र८१ मा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ६३ लाख ७८ हजार ८६० रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ ।

रिलायन्सको नेतृत्व हाल गोल्यान समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्यानले गरिरहेका छन् । उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।

रिलायन्स उत्कृष्ट रोजगारदाता कम्पनीको रुपमा स्थापित छ । कम्पनीमा कार्यरत ४ हजार जनशक्तिमध्ये करिब करिब १ हजार ३ सय महिला छन् । उद्योग परिसरमा महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे केयर सेन्टर र कर्मचारीका छोराछोरीका लागि १२ कक्षासम्म अध्ययनको व्यवस्था दिइँदै आएको छ ।

उद्योग परिसरमै कर्मचारीका लागि सुविधा सम्पन्न लेवर कोलोनी, खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित विशेषज्ञ डाक्टरको सुविधा पनि उपलब्ध छ ।

९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन् ।

उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई मनोनीत गरेको छ । मन्त्रिपरिषद्ले ४६ वर्षीय श्रेष्ठलाई सदस्य सचिवमा मनोनीत गरेपछि प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थामा धर्मको हेक्का राखेर काम गर्न निर्देशन दिएकी छिन् । ‘तपाईंलाई सरकारले विश्वास गरेर जुन जिम्मेवारी दिएको छ, इमानदारीसाथ त्यो पूरा गर्नुहोला । त्यो (लुम्बिनी) ...
। सुक्खायाम सुरु भएसँगै देशभर आगलागीका घटना हुन थालेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मंसिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटना रेकर्ड गरिएकोमा १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमण रहेका थिए ...
आज अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस मनाइँदै
। भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेका छिमेकी देशका पर्यटक सवार सवारीसाधनसँग नेपालभित्र थप शुल्क लिन नपाइने भएको छ । शुक्रबार बसेको अन्तरसरकारी वित्त परिषद् बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ । ‘छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न नेपाल प्रवेश गर्ने सवारीले भन्सार बिन्दुमा अस्थायी पैठारी ...
। नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि चलनचल्तीमा ल्याएको सय रुपैयाँको नोटको भारतीय सञ्चार माध्यमहरूले खुलेर विरोध गरे । त्यसमा प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेस पनि सामेल देखियो । उसले १०० रुपैयाँको नोटमा नेपालले भारतको विभिन्न इलाकालाई आफ्नोमा पारेको दाबी गरेको छ । ‘यस्तो कार्य सहन नसकिने र मोदी सरकारले नेपाललाई कडा जवाफ दिनुपर्ने’ भारतीय कांग्रेसको आधारिक ...