। स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३-१ को जित निकालेको हो ।
बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले १-१ गोल गरे । एट्लेटिकोका लागि एलेक्स बाइनाले १ गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले नै लिएको थियो । १९औं मिनेटमा बाइनाले गोल गर्दै अग्रता दिलाएका थिए । २६औं मिनेटमा राफिन्हाले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
६५औं मिनेटमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई अग्रतामा ल्याए । इन्जुरी समयामा टोरेसले गोल गरेपछि बार्सिलोना ३-१ ले विजयी भयो ।
जितपछि शीर्षस्थानको बर्सिलोनाको १५ खेलबाट ३७ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिड ३३ अंकसहित दोस्रो स्थानमा छ ।
रियलले आज राति एथ्लेटिक क्लबसँग खेल्नेछ ।