मुख्य समाचार
जनमत पार्टी परित्याग गरेका डा.शरदसिंह यादवले नयाँ दल गठन
जनमत पार्टी परित्याग गरेका डा.शरदसिंह यादवले नयाँ दल गठन

। जनमत पार्टी परित्याग गरेका डा.शरदसिंह यादवले नयाँ दल गठन गरेका छन् । यादवको नेतृत्वमा जनअधिकार पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

जनअधिकार पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । चुनाव चिन्हमा ढुङ्गा राखिएको छ । दल दर्ताका लागि निर्वाचन आयोगले उपलब्ध गराएको समयको अन्तिम दिन अर्थात् गत १४ मंसिरमा जनअधिकार पार्टीले दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।


नवगठित दलको केन्दंीय सदस्य २१ जनाको बनाइएको छ । केन्द्रीय समितिमा सात जना महिला सहित २१ जना बनाइएको अध्यक्ष यादवले जानकारी गराए । नवगठित दलका अध्यक्ष यादवले अनलाइनखबरसँग भने, ‘मधेशको राजनीतिमा वैकल्पिक र बलियो शक्ति बन्छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि चलनचल्तीमा ल्याएको सय रुपैयाँको नोटको भारतीय सञ्चार माध्यमहरूले खुलेर विरोध गरे । त्यसमा प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेस पनि सामेल देखियो । उसले १०० रुपैयाँको नोटमा नेपालले भारतको विभिन्न इलाकालाई आफ्नोमा पारेको दाबी गरेको छ । ‘यस्तो कार्य सहन नसकिने र मोदी सरकारले नेपाललाई कडा जवाफ दिनुपर्ने’ भारतीय कांग्रेसको आधारिक ...
। नेपालको पर्यटन प्रवर्द्धन र हवाई सेवामा सहकार्यका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम (नेवानि) बीच सम्झौता भएको छ । सम्झौतापत्रमा नेवानिका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले हस्ताक्षर गरे । सम्झौतामा दुवै संस्थाले एकापसमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने उल्लेख छ । सम्झौता अनुसार पर्यटन ...
। हरेक पाइलामा ठगिँदै वैदेशिक रोजगारीमा पुग्ने श्रमिकमाथि अनेक नाममा शुल्क बढ्दै गएको छ । म्यानपावर तथा एजेन्टहरूले लाखौं रुपैयाँ सेवा शुल्क त लिने गरेका छन् नै, अन्य विभिन्न शीर्षकमा थप शुल्क पनि लिने गरेपछि खर्च बढ्दै गएको छ । हालै मात्रै सरकारले श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा ४६ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ । विगतमा लिइँदै ...
। सरकारले दुर्गा प्रसाईंलाई पत्र पठाउँदै वार्तामा आउन औपचारिक आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर मंसिर २२ गते वार्तामा आउन आग्रह गरेको हो । प्रसाईंलाई सम्बोधन गरिएको सो पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर छ । सो पत्र प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले ...
। नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिएसँगै केन्द्रीय कार्यालय च्यासलमा चहलपहल बढेको छ । मंगलबार दिउँसो च्यासल पुग्दा नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो । कोही जिल्ला जिल्लाबाट महाधिवेशनको प्रतिनिधि छनोट भएर आइपुगेका थिए । नेताहरूले उनीहरूसँग अपडेट लिइरहेका थिए । ‘आफ्नो पक्षका प्रतनिधि परे कि परेनन् ?,’ छनोट भएर जिल्ला–जिल्लाबाट काठमाडौं फर्किएका प्रतिनिधिलाई नेताहरूले ...