मुख्य समाचार
पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सभामा सहभागी हुने सबैलाई आह्वान
पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सभामा सहभागी हुने सबैलाई आह्वान

। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सभामा सहभागी हुने सबैलाई आह्वान गरेका छन् ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा पार्टीको वन तथा वातावरण विभागले मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् ।


एमालेको महाधिवेशन उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा आगामी मंसिर २७ गते हुँदैछ । सो सभालाई एमालेले प्रतिगमन विरुद्धको संघर्षको उत्कर्ष र उत्सवको रुपमा मनाउन चाहेको महासचिव पोखरेलको भनाइ थियो ।

‘हाम्रो पार्टीको एघारौँ महाधिवेशनको उदघाटन सत्र भक्तपुर सल्लाघारीको तीनकुने चौरमा नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहको रुपमा आयोजना गर्न चाहन्छाँै । वास्तवमा नेपालका प्रमुख दलहरुसँग जनता छ कि छैनन् भन्ने कुराको सन्देश हामी त्यो सभाको माध्यामबाट दिन चाहन्छाँै,’ पोखरेलले भने ।

उनले सो सभामार्फत एमालेले ठूला दलहरुको पक्षमा जनमत छन भन्ने सन्देश दिन चाहेको पनि स्पष्ट पारे । महासचिव पोखरेलले सो सभामा जनता, लोकतन्त्र र देशभक्तिको पक्षमा रहेकाहरु सबै उपस्थित हुने विश्वास समेत व्यक्त गरे ।

‘त्यो प्रतिगमन विरुद्धको संघर्षको पनि उत्कर्ष हुनेछ । र त्यो हाम्रो पार्टी जीवनको एउटा उत्सव हुनेछ । संघर्ष र उत्सवको एउटा क्लाईमेक्सको रुपमा त्यो सभालाई हामीले बनाउन खोजिराखेका छौ । म देशभरका जनताका पक्षधर, लोकतन्त्रका पक्षधर, देशभक्तिका पक्षधर सम्पूर्ण नेपाली जनतालाई नेकपा एमालेको त्यो उद्घाटन सत्रमा आमन्त्रण गर्न चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेका छिमेकी देशका पर्यटक सवार सवारीसाधनसँग नेपालभित्र थप शुल्क लिन नपाइने भएको छ । शुक्रबार बसेको अन्तरसरकारी वित्त परिषद् बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ । ‘छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न नेपाल प्रवेश गर्ने सवारीले भन्सार बिन्दुमा अस्थायी पैठारी ...
। नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि चलनचल्तीमा ल्याएको सय रुपैयाँको नोटको भारतीय सञ्चार माध्यमहरूले खुलेर विरोध गरे । त्यसमा प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेस पनि सामेल देखियो । उसले १०० रुपैयाँको नोटमा नेपालले भारतको विभिन्न इलाकालाई आफ्नोमा पारेको दाबी गरेको छ । ‘यस्तो कार्य सहन नसकिने र मोदी सरकारले नेपाललाई कडा जवाफ दिनुपर्ने’ भारतीय कांग्रेसको आधारिक ...
। नेपालको पर्यटन प्रवर्द्धन र हवाई सेवामा सहकार्यका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम (नेवानि) बीच सम्झौता भएको छ । सम्झौतापत्रमा नेवानिका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले हस्ताक्षर गरे । सम्झौतामा दुवै संस्थाले एकापसमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने उल्लेख छ । सम्झौता अनुसार पर्यटन ...
। हरेक पाइलामा ठगिँदै वैदेशिक रोजगारीमा पुग्ने श्रमिकमाथि अनेक नाममा शुल्क बढ्दै गएको छ । म्यानपावर तथा एजेन्टहरूले लाखौं रुपैयाँ सेवा शुल्क त लिने गरेका छन् नै, अन्य विभिन्न शीर्षकमा थप शुल्क पनि लिने गरेपछि खर्च बढ्दै गएको छ । हालै मात्रै सरकारले श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा ४६ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ । विगतमा लिइँदै ...
। सरकारले दुर्गा प्रसाईंलाई पत्र पठाउँदै वार्तामा आउन औपचारिक आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर मंसिर २२ गते वार्तामा आउन आग्रह गरेको हो । प्रसाईंलाई सम्बोधन गरिएको सो पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर छ । सो पत्र प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले ...