मुख्य समाचार
कन्टेनरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते
कन्टेनरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रोकिराखेको कन्टेरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार चितवनतर्फबाट हेटौँडा दिशातर्फ जाँदै गरेको ना ५ ख ३५८७ नम्बरको कन्टेनर सडकमा बिग्रिएर रोकिराखेको अवस्थामा बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल गएराति करिब ११ बजेर ४० मिनेटमा ठोक्किएको थियो ।




दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङका ३० वर्षीय बालकृष्ण अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई मंगलबार मध्यराति १२ बजेर १० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सो दुर्घटनामा लमजुङको बेसीशहर नगरपालिका–१० पासाचौरका ४८ वर्षीय भवरजंग गुरुङ घाइते भएका छन् । उनको बायाँ खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको मकवानपुरमा उपचार भइरहेको छ ।




दुर्घटना भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट ट्राफिकसहितको टोली खटिएको थियो । प्रारम्भिक उद्धारपछि घाइतेहरूलाई अस्पताल पठाइएको थियो ।

कन्टेनर चालक पर्साको धोबिनी गाउँपालिका–२ का २४ वर्षीय राजवली राम राति १ बजेतिर प्रहरीको सम्पर्कमा आएका छन् । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेका छिमेकी देशका पर्यटक सवार सवारीसाधनसँग नेपालभित्र थप शुल्क लिन नपाइने भएको छ । शुक्रबार बसेको अन्तरसरकारी वित्त परिषद् बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ । ‘छिमेकी देशका पर्यटकलाई प्रोत्साहन गर्न नेपाल प्रवेश गर्ने सवारीले भन्सार बिन्दुमा अस्थायी पैठारी ...
। नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि चलनचल्तीमा ल्याएको सय रुपैयाँको नोटको भारतीय सञ्चार माध्यमहरूले खुलेर विरोध गरे । त्यसमा प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेस पनि सामेल देखियो । उसले १०० रुपैयाँको नोटमा नेपालले भारतको विभिन्न इलाकालाई आफ्नोमा पारेको दाबी गरेको छ । ‘यस्तो कार्य सहन नसकिने र मोदी सरकारले नेपाललाई कडा जवाफ दिनुपर्ने’ भारतीय कांग्रेसको आधारिक ...
। नेपालको पर्यटन प्रवर्द्धन र हवाई सेवामा सहकार्यका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम (नेवानि) बीच सम्झौता भएको छ । सम्झौतापत्रमा नेवानिका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले हस्ताक्षर गरे । सम्झौतामा दुवै संस्थाले एकापसमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने उल्लेख छ । सम्झौता अनुसार पर्यटन ...
। हरेक पाइलामा ठगिँदै वैदेशिक रोजगारीमा पुग्ने श्रमिकमाथि अनेक नाममा शुल्क बढ्दै गएको छ । म्यानपावर तथा एजेन्टहरूले लाखौं रुपैयाँ सेवा शुल्क त लिने गरेका छन् नै, अन्य विभिन्न शीर्षकमा थप शुल्क पनि लिने गरेपछि खर्च बढ्दै गएको छ । हालै मात्रै सरकारले श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा ४६ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ । विगतमा लिइँदै ...
। सरकारले दुर्गा प्रसाईंलाई पत्र पठाउँदै वार्तामा आउन औपचारिक आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर मंसिर २२ गते वार्तामा आउन आग्रह गरेको हो । प्रसाईंलाई सम्बोधन गरिएको सो पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर छ । सो पत्र प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले ...