मुख्य समाचार
भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश
भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश

— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ ।

रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ ।

भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको मोबाइल बजार हो । हाल १.२ अर्बभन्दा बढी मोबाइल प्रयोगकर्ता रहेको देशमा यो निर्णयले सयौं उत्पादक र करोडौं उपभोक्तालाई प्रत्यक्ष प्रभावित पार्ने देखिन्छ । वार्षिक रूपमा लगभग १६ करोड नयाँ स्मार्टफोन आयात वा उत्पादन हुने भारतमा यसलाई साइबर सुरक्षासम्बन्धी अत्यन्त ठूलो सरकारी कदमको रूपमा व्याख्या गरिएको छ ।

भारतको सञ्चार मन्त्रालयले एप्पल, सामसङ, भिभो, ओप्पोदेखि साओमीजस्ता स्मार्टफोन निर्माता कम्पनीहरूलाई ९० दिनभित्र निर्णय कार्यान्वयन गरिसक्न निर्देशन दिएको छ । बजारमा उपलब्ध फोन वा गोदाममा रहेका मोडलहरूमा पनि सिस्टम अपडेटमार्फत 'सञ्चार साथी' एप इन्स्टल गराउन भनिएको रोयटर्सले जनाएको छ ।

'सञ्चार साथी' यसै वर्षको जनवरीमा सार्वजनिक गरिएको थियो । यो एपले प्रयोगकर्तालाई हराएका वा चोरी भएका मोबाइल ट्र्याक वा ब्लक गर्न मद्दत गर्छ। सरकारका अनुसार लञ्चयता एपको प्रयोगले ७ लाखभन्दा बढी हराएका मोबाइल फेला पारिएको छ। अक्टोबर महिनामा मात्रै ५० हजार हराएका मोबाइल फिर्ता गरिएका थिए । भारतका सरकारी अधिकारीहरूले यो एपलाई देशव्यापी साइबर फ्रड, आईएमईआई दुरुपयोग र अन्य साइबर दुरुपयोग नियन्त्रण गर्ने रणनीतिक कदमको रूपमा व्याख्या गरेका छन् । सञ्चार साथीमार्फत आईएमईआई ब्लक हुँदा चोरी भएको वा हराएको मोबाइलले नेटवर्क एक्सेस नै पाउन छाड्ने बताइएको छ ।

सरकारले यसलाई उपभोक्ताका लागि लाभदायक सुरक्षात्मक उपाय भन्दै आएको छ भने आलोचकहरूले भने व्यक्तिगत अधिकार र प्रयोगकर्ता सहमतिको सीमालाई नियन्त्रण गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । टेलिकम विश्लेषकहरूले विशेषगरी एप्पलका लागि यो आदेश चुनौतीपूर्ण हुने बताइरहेका छन् । रोयटर्सका अनुसार सन् २०२५ को जुनसम्म भारतमा रहेका स्मार्टफोनमध्ये एप्पलको बजार हिस्सा ४.५ प्रतिशत मात्रै छ । तर एप्पलले परम्परागत रूपमै फोन बेच्नुअघि बाहिरी एप अनिवार्य रूपमा प्रि-इन्स्टल गर्न नमान्ने नीति अपनाउँदै आएको हुँदा पछिल्लो निर्देशनले समस्या ल्याउने सम्भावना उनीहरूले औँल्याएका छन्।

भारतमा अब ९० दिनभित्र बजारमा आउने हरेक नयाँ फोनमा 'सञ्चार साथी' रहनेछ । त्यसले निजी कम्पनी, उपभोक्ता र सरकारबीचको डिजिटल शक्ति-सन्तुलनमा परिवर्तनको संकेत गरेको छ । यसरी मोबाइलमा राज्य-नियन्त्रित एप अनिवार्य बनाउने प्रचलन भारत मात्रमा सीमित भने छैन । रूसले सन् २०२५ को अगस्टमा आफ्नै सरकारी म्यासेजिङ एप सबै फोनमा प्रि-लोड गर्न आदेश दिएको थियो । अन्य केही देशहरूले पनि साइबर अपराध र डिजिटल ठगी बढ्दै गएपछि यस्तै रणनीति लागू गर्ने योजनामा रहेका समाचारहरू सार्वजनिक हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...