मुख्य समाचार
भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश
भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश

— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ ।

रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ ।

भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको मोबाइल बजार हो । हाल १.२ अर्बभन्दा बढी मोबाइल प्रयोगकर्ता रहेको देशमा यो निर्णयले सयौं उत्पादक र करोडौं उपभोक्तालाई प्रत्यक्ष प्रभावित पार्ने देखिन्छ । वार्षिक रूपमा लगभग १६ करोड नयाँ स्मार्टफोन आयात वा उत्पादन हुने भारतमा यसलाई साइबर सुरक्षासम्बन्धी अत्यन्त ठूलो सरकारी कदमको रूपमा व्याख्या गरिएको छ ।

भारतको सञ्चार मन्त्रालयले एप्पल, सामसङ, भिभो, ओप्पोदेखि साओमीजस्ता स्मार्टफोन निर्माता कम्पनीहरूलाई ९० दिनभित्र निर्णय कार्यान्वयन गरिसक्न निर्देशन दिएको छ । बजारमा उपलब्ध फोन वा गोदाममा रहेका मोडलहरूमा पनि सिस्टम अपडेटमार्फत 'सञ्चार साथी' एप इन्स्टल गराउन भनिएको रोयटर्सले जनाएको छ ।

'सञ्चार साथी' यसै वर्षको जनवरीमा सार्वजनिक गरिएको थियो । यो एपले प्रयोगकर्तालाई हराएका वा चोरी भएका मोबाइल ट्र्याक वा ब्लक गर्न मद्दत गर्छ। सरकारका अनुसार लञ्चयता एपको प्रयोगले ७ लाखभन्दा बढी हराएका मोबाइल फेला पारिएको छ। अक्टोबर महिनामा मात्रै ५० हजार हराएका मोबाइल फिर्ता गरिएका थिए । भारतका सरकारी अधिकारीहरूले यो एपलाई देशव्यापी साइबर फ्रड, आईएमईआई दुरुपयोग र अन्य साइबर दुरुपयोग नियन्त्रण गर्ने रणनीतिक कदमको रूपमा व्याख्या गरेका छन् । सञ्चार साथीमार्फत आईएमईआई ब्लक हुँदा चोरी भएको वा हराएको मोबाइलले नेटवर्क एक्सेस नै पाउन छाड्ने बताइएको छ ।

सरकारले यसलाई उपभोक्ताका लागि लाभदायक सुरक्षात्मक उपाय भन्दै आएको छ भने आलोचकहरूले भने व्यक्तिगत अधिकार र प्रयोगकर्ता सहमतिको सीमालाई नियन्त्रण गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । टेलिकम विश्लेषकहरूले विशेषगरी एप्पलका लागि यो आदेश चुनौतीपूर्ण हुने बताइरहेका छन् । रोयटर्सका अनुसार सन् २०२५ को जुनसम्म भारतमा रहेका स्मार्टफोनमध्ये एप्पलको बजार हिस्सा ४.५ प्रतिशत मात्रै छ । तर एप्पलले परम्परागत रूपमै फोन बेच्नुअघि बाहिरी एप अनिवार्य रूपमा प्रि-इन्स्टल गर्न नमान्ने नीति अपनाउँदै आएको हुँदा पछिल्लो निर्देशनले समस्या ल्याउने सम्भावना उनीहरूले औँल्याएका छन्।

भारतमा अब ९० दिनभित्र बजारमा आउने हरेक नयाँ फोनमा 'सञ्चार साथी' रहनेछ । त्यसले निजी कम्पनी, उपभोक्ता र सरकारबीचको डिजिटल शक्ति-सन्तुलनमा परिवर्तनको संकेत गरेको छ । यसरी मोबाइलमा राज्य-नियन्त्रित एप अनिवार्य बनाउने प्रचलन भारत मात्रमा सीमित भने छैन । रूसले सन् २०२५ को अगस्टमा आफ्नै सरकारी म्यासेजिङ एप सबै फोनमा प्रि-लोड गर्न आदेश दिएको थियो । अन्य केही देशहरूले पनि साइबर अपराध र डिजिटल ठगी बढ्दै गएपछि यस्तै रणनीति लागू गर्ने योजनामा रहेका समाचारहरू सार्वजनिक हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...
कृत्रिम बुद्धिमत्ता अर्थात प्रविधिमा आधारित लोकप्रिय च्याटबोट च्याट जिपिटी हाम्रो जिज्ञासा मेटाउने तथा शैक्षिक र व्यवसायिक काममा सहयोग पुर्‍याउने निकै उपयोगी प्लाटफर्म बनिरहेको छ । तर, पछिल्लोपटक यो च्याटबोट गम्भीर विवादमा तानिएको छ। अमेरिकाको क्यालिफोर्निया राज्यमा यसको विरुद्धमा कैयौं मुद्दा दायर भएका छन्। ती मुद्दामा च्याट जिपिटीलाई मानसिक रूपले कमजोर व्यक्तिलाई आत्महत्या गर्न उक्साउने आत्महत्या प्रशिक्षकको ...