मुख्य समाचार
दिल्ली हुँदै तेस्रो मुलुक उड्ने नेपालका यात्रुहरूका लागि दिल्ली विमानस्थलले हालै नयाँ सहजीकरण व्यवस्था सुरु
दिल्ली हुँदै तेस्रो मुलुक उड्ने नेपालका यात्रुहरूका लागि दिल्ली विमानस्थलले हालै नयाँ सहजीकरण व्यवस्था सुरु

— दिल्ली हुँदै तेस्रो मुलुक उड्ने नेपालका यात्रुहरूका लागि दिल्ली विमानस्थलले हालै नयाँ सहजीकरण व्यवस्था सुरु गरेको छ।

केही समयअघि दिल्ली विमानस्थलबाट दुईटा फरक उडानका चार नेपाली महिला डिपोर्ट भएका घटनाले यात्रुहरूमा भय र असुरक्षाको भावना उत्पन्न गरेको थियो । ती यात्रुहरू कतार एयरबेजबाट बर्लिन र लुफ्थान्साबाट कोलम्बिया जान दिल्ली पुगेका थिए । भारतपछिको अर्को देश उनीहरुको ट्रान्जिट थियो । तर अचानक उनीहरूलाई विमानस्थलबाट फर्काइएको खबरले युरोप र अमेरिका एक्लै उड्ने नेपाली यात्रुहरुमा चिन्ता बढाएको थियो ।

यस घटनापछि दिल्लीस्थित नेपाली दूतावासले पनि सम्बन्धित पक्षसँग कुराकानी गर्दै नेपाली यात्रुहरूको सुरक्षामा ध्यान दिन आग्रह गरेको थियो ।

यही परिस्थितिमा, इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले नेपालबाट यात्रा गर्ने र दिल्लीमार्फत अन्य अन्तर्राष्ट्रिय गन्तव्यतर्फ जाने यात्रुहरूका लागि नयाँ सूचना डेस्क स्थापना गरेर सञ्चालनमा ल्याएको राजदूत शंकर शर्माले कान्तिपुरसँग बताए ।

यस डेस्कमार्फत यात्रुहरूलाई ट्रान्जिट प्रक्रियामा सहजीकरण प्रदान गर्ने लक्ष्य राखिएको छ। भारतीय सूचना अनुसार, यदि नेपाली नागरिक केवल अर्को अन्तर्राष्ट्रिय उडानमा जोडिँदै छन् भने उनीहरूले भारतीय इमिग्रेसन प्रक्रियामा भाग लिनुपर्ने छैन।


यसको सट्टा, उनीहरूले सिधैं अन्तर्राष्ट्रिय ट्रान्सफर क्षेत्रतर्फ जान सक्ने व्यवस्था गरिएको छ। यस कदमले यात्रा प्रक्रियामा अनावश्यक ढिलाइ र झन्झट घटाउने अपेक्षा गरिएको राजदूत शर्माले बताए ।

राजदूत शर्माका अनुसार, दिल्लीबाट विश्वका धेरै देशतर्फ यात्रा गर्ने नेपालीहरूको संख्या बढ्दै गएको छ। तर, यससँगै यात्रुहरूको सुरक्षा र कागजातको प्रमाणीकरण जाँच्नु अत्यावश्यक बनेको छ । राजदूत शर्माले केही गिरोहहरूले नक्कली नो अब्जेक्सन लेटर(एनओसी), नक्कली भिसा र अन्य कागजातहरू बनाएर नेपाली कामदार वा यात्रुहरूलाई भ्रममा पार्ने घटना भइरहेको बताए ।


नेपाली नियोगले पछिल्ला महिना केही भिसा र कागजातहरू नक्कली भएको पुष्टि गरेको छ । जसले गर्दा वास्तविक यात्रुहरू पनि शंकामा पर्न सक्छन्।

साम्भवी अधिकारीको घटना यसैको उदाहरण हो। उनी कतार एयरवेजमार्फत दोहा हुँदै बर्लिन जानुपर्ने थियो। तर, दिल्लीमा उनको कागजात मिलेन भन्ने शंका उठेर कतार एयरवेजका कर्मचारीहरूले उनलाई उडानबाट रोकिदिए।

अन्ततः नेपाल वायुसेवा निगमको सहयोगमा उनलाई सोही दिन नेपाल फर्काइयो । यस घटनाले नेपालबाट दिल्ली हुँदै यात्रा गर्ने यात्रुहरूको समस्या मात्र होइन, कागजात प्रमाणीकरणको महत्त्व पनि स्पष्ट पारेको छ ।

यसै क्रममा, दिल्लीस्थित नेपाली दूतावासले यात्रा अघि सबै कागजात र ट्राभल डकुमेन्ट जाँच्न यात्रुहरूलाई आग्रह गरेको छ । यसले भविष्यमा हुने असुविधा कम गर्ने विश्वास गरिएको छ । दूतावास र विमानस्थल प्रशासनबीचको समन्वयले, नेपाली यात्रुहरूका लागि ट्रान्जिट र अन्तर्राष्ट्रिय यात्रा सहज र सुरक्षित बनाउने पहिलो महत्त्वपूर्ण कदम चालेको देखिन्छ ।

यात्रुहरूले पनि आफ्नो कागजात, टिकट र भिसा वैध छन् कि छैनन् भन्ने कुरा सुनिश्चित गर्नु आवश्यक छ ।

दिल्ली विमानस्थलले हाल लगभग १५० अन्तर्राष्ट्रिय गन्तव्यसँग उडान गर्छ । त्यहाँ दैनिक करिब १४०० उडान सञ्चालन हुन्छन् । यसले दिल्लीलाई भारतीय विमान यातायातको प्रमुख हब बनाएको छ।

१३ प्रतिशत भ्याट, डलरको महँगो विनियम दर, केही वायुसेवाको निश्चित ट्राभल एजेन्सीलाई मात्रै टिकट गिएर महँगो दरमा बिक्री गर्ने सिन्डिकेट प्रणालीले नेपालबाट दिल्ली हुँदै अन्य देशतर्फ जाने यात्रुको संख्या पनि अपेक्षाकृत धेरै रहेको ट्राभल एजेन्टहरु बताउँछन् ।

यसकारण, दिल्लीमार्गले नेपाली यात्रुहरूका लागि सुविधा र सहुलियत दिएर उनीहरुको यात्रालाई सहजीकरण पनि गरिदिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, हाल काठमान्डु-दिल्ली दैनिक कम्तीमा दुईतर्फी २० वटा उडान पुगेका छन् । यी उडानबाट दिल्ली जाने अधिकाशं यात्रु त्यहाँबाट अरु उडानबाट खाडी, युरोप, अमेरिका र एसियायाली गन्तव्य उड्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमश:संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ...
— बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ । नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर रु ६३ करोडमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुङ्गा ...
— निर्वाचन सुरक्षाका लागि भर्ना गरिने जनशक्तिलाई अब ‘निर्वाचन प्रहरी’ नामकरण गरिने भएको छ । नेपाल प्रहरीमातहत भर्ना गरिने यस्तो जनशक्तिलाई विगतमा ‘म्यादी प्रहरी’ भनिने गरिएको थियो । गृह मन्त्रालयले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ भर्ना गर्न लागिएको जनशक्तिलाई निर्वाचन प्रहरीको पहिचान दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । ‘म्यादी प्रहरीको साटो निर्वाचन प्रहरी नामकरण गरेर ४० ...
— गृहमन्त्री ओमप्रकाश अर्यालले हाल देशभर ४ हजार ५५२ कैदीबन्दी फरार रहेको जानकारी गराएका छन् । गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेशको आन्तरिकम मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा धनगढीमा मंगलबार सुरु सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले तीमध्ये पनि कर्तव्य ज्यान र जघन्य अपराधका धेरै न्यून रहेको बताए । कुल ७२७ हातहतियार सरकारले फिर्ता ल्याइसकेको पनि ...
— डेढ महिनाको रस्साकसीपछि कांग्रेस महाधिवेशनको तालिका सार्वजनिक भएको छ । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन तालिका सार्वजनिक भएसँगै पार्टीभित्रका सम्भावित समीकरणको अड्कलबाजी र आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता शेखर कोइरालाका पोस्टरहरू सामाजिक सञ्जालमा छाउन थालेका हुन् । ...