मुख्य समाचार
जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी
जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी

— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका अनुसार कोरियाली सरकारले जी–१ (शरणार्थी) भिसा केवल मानवीय संकट, जीवन जोखिम, उत्पीडन वा अत्यावश्यक मानवीय कारणमा परेका व्यक्तिलाई मात्रै प्रदान गर्छ । 'सामान्य कामदार, विद्यार्थी वा पर्यटकका लागि यो भिसा होइन,' दूतावासले जनाएको छ ।

टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्ममा जी–१ भिसामार्फत सजिलै कोरिया आउन सकिन्छ भन्ने दाबी गर्दै केही समूह र व्यक्तिहरूले भ्रामक सूचना र प्रलोभन फैलाइरहेको दूतावासले जनाएको छ। कतिपयले त यो भिसामार्फत कमाइ हुने, बसाइ सहज हुनेजस्ता आश्वासनसमेत दिइरहेको पाइएको दूतावासको भनाइ छ ।

दूतावासका अनुसार यस्तो गलत सूचनामा लागेर धेरै नेपालीले कोरियामा आएपछि कानुनी समस्यामा परिरहेका छन् । 'यस प्रकारको दुरुपयोगले नेपाली नागरिक दीर्घकालीन जोखिममा पर्ने, कानुनी चुनौती भोग्नुपर्ने र भविष्यको भिसा सम्भावनासमेत प्रभावित हुने' दूतावासले चेतावनी दिएको छ।

जी–१ भिसा दूतावासमार्फत नचल्ने


दूतावासले जी–१ भिसाको सम्पूर्ण प्रक्रिया दक्षिण कोरियाको आन्तरिक संयन्त्रमार्फत मात्रै हुने स्पष्ट पारेको छ । 'दूतावासले न त आवेदन दर्ता गर्छ, न सिफारिस नै जारी गर्छ,' सूचनामा भनिएको छ।

शरणार्थी प्रक्रियामा प्रवेश गरेपछि व्यक्तिको अध्यागमन जोखिमसम्बन्धी विवरणसमेत तयार हुने भएकाले यसले भविष्यमा वैदेशिक रोजगारी वा भिसा प्रक्रियामा प्रत्यक्ष असर पार्न सक्ने दूतावासले उल्लेख गरेको छ।


आधिकारिक सूचनामै भरोसा गर्न आग्रह

दूतावासले जी–१ भिसा, शरणार्थी प्रक्रिया र कानुनी जानकारी केवल सरकारी/आधिकारिक स्रोत बाट मात्रै लिन नेपालीहरूलाई आग्रह गरेको छ। कोरियामा कोही गम्भीर मानवीय संकट वा जोखिममा परेमा दूतावासले सबै किसिमको सहयोग र मार्गदर्शन उपलब्ध गराउने समेत जनाएको छ ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, 'नेपाली नागरिकको हित, सुरक्षा र प्रतिष्ठाको संरक्षण दूतावासको प्राथमिक जिम्मेवारी हो ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम