मुख्य समाचार
जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी
जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी

— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका अनुसार कोरियाली सरकारले जी–१ (शरणार्थी) भिसा केवल मानवीय संकट, जीवन जोखिम, उत्पीडन वा अत्यावश्यक मानवीय कारणमा परेका व्यक्तिलाई मात्रै प्रदान गर्छ । 'सामान्य कामदार, विद्यार्थी वा पर्यटकका लागि यो भिसा होइन,' दूतावासले जनाएको छ ।

टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्ममा जी–१ भिसामार्फत सजिलै कोरिया आउन सकिन्छ भन्ने दाबी गर्दै केही समूह र व्यक्तिहरूले भ्रामक सूचना र प्रलोभन फैलाइरहेको दूतावासले जनाएको छ। कतिपयले त यो भिसामार्फत कमाइ हुने, बसाइ सहज हुनेजस्ता आश्वासनसमेत दिइरहेको पाइएको दूतावासको भनाइ छ ।

दूतावासका अनुसार यस्तो गलत सूचनामा लागेर धेरै नेपालीले कोरियामा आएपछि कानुनी समस्यामा परिरहेका छन् । 'यस प्रकारको दुरुपयोगले नेपाली नागरिक दीर्घकालीन जोखिममा पर्ने, कानुनी चुनौती भोग्नुपर्ने र भविष्यको भिसा सम्भावनासमेत प्रभावित हुने' दूतावासले चेतावनी दिएको छ।

जी–१ भिसा दूतावासमार्फत नचल्ने


दूतावासले जी–१ भिसाको सम्पूर्ण प्रक्रिया दक्षिण कोरियाको आन्तरिक संयन्त्रमार्फत मात्रै हुने स्पष्ट पारेको छ । 'दूतावासले न त आवेदन दर्ता गर्छ, न सिफारिस नै जारी गर्छ,' सूचनामा भनिएको छ।

शरणार्थी प्रक्रियामा प्रवेश गरेपछि व्यक्तिको अध्यागमन जोखिमसम्बन्धी विवरणसमेत तयार हुने भएकाले यसले भविष्यमा वैदेशिक रोजगारी वा भिसा प्रक्रियामा प्रत्यक्ष असर पार्न सक्ने दूतावासले उल्लेख गरेको छ।


आधिकारिक सूचनामै भरोसा गर्न आग्रह

दूतावासले जी–१ भिसा, शरणार्थी प्रक्रिया र कानुनी जानकारी केवल सरकारी/आधिकारिक स्रोत बाट मात्रै लिन नेपालीहरूलाई आग्रह गरेको छ। कोरियामा कोही गम्भीर मानवीय संकट वा जोखिममा परेमा दूतावासले सबै किसिमको सहयोग र मार्गदर्शन उपलब्ध गराउने समेत जनाएको छ ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, 'नेपाली नागरिकको हित, सुरक्षा र प्रतिष्ठाको संरक्षण दूतावासको प्राथमिक जिम्मेवारी हो ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् । डिपोर्ट हुनेमध्ये ...
। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् । डिपोर्ट भएकाहरुलाई मानव ...
— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ । साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत ...
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...